बाँके\ मखमली फूल नोपालीहरुको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो ।
मखमली फूल कहिले न ओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ। त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदिबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन्। संस्कृतमा रक्त मल्लिका भनिने यो फूूल देख्नमा पनि सुन्दर भएकोले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि परेको थियो।त्यस समयमा यो नेपालमा प्रसिद्ध रहेको र भारतमा अप्राप्य रहेको प्रतित हुन्छ।सेता, गाढा कलेजी तथा हल्का रातो रंगमा फूल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ ।
छुँदा घोच्ने यस फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याइँदाको फूलको रंग मखमलको कपडाजस्तो देखिएकोले मखमली भनिएको अनुमान गर्न सकिन्छ । दिदीबहिनीका प्रिय मखमली फूल अमेरिकाको नेटिभ जात हो । सन् १८०० भन्दा अगाडि नै नेपाल छिरे पनि कम संख्याकै कारण अनमोल मानिएको बुझन सकिन्छ । यसको अर्थ केही अघिमात्र उक्त फूलले दरबारहरुमा मात्र प्रवेश पाएको हुनुपर्छ ।
अमारान्थीसिया परिवारको करिब २४ इन्च अग्लो बोट हुने यो फूल दुई आकारको हुन्छ।मखमल रंगको हामीले प्रयोग गर्ने बेला ग्लोब आकारको फूलको वनस्पतिक नाम गोम्पेफेना ग्लोबोसा हो।ग्लोबभन्दा फरक केही लाम्चो आकारको फूललाई गोम्प फेना सेलोस्वाइड्स भनिन्छ।
सेतो या पिंक रंगको भए पनि हामी भन्नचाहिँ मखमली नै भन्छौं ।तर मखमली रंगमात्रै तिहारमा उपयोग हुने हुँदा मखमली रंगी फूललाईमात्र दसैँ फूल मान्नुपर्छ । यसलाई व्याच्लर बटन, स्ट्रेबरी फिल्डसमेत भनिन्छ। स्वास्थ्यका लागि लाभदायक मान्दै चीनमा यसलाई जस्ताको त्यस्तै सिङ्गै उमालेर चियाको रुपमा खाइन्छ । हाँगा छुट्याएर फूलदानीको चिनी हालेको पानीमा चिसो ठाउँमा कट फलावरका रुपमा महिनौँ ताजा टिकाउन सकिन्छ । दिदीबहिनीहरुले बेलामै टिपेर भाइटीकामा ताजै फूल पाउने तरिका हो यो ।











