१३ कार्तिक २०८२, बुधबार

आमासँग झगडा नगर्नु भनेर सम्झाउँदा बुवाले गरे छोराको हत्या
  • न्युज मानसराेवर

बाँके\पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ को भदौरेमा बाबुले छोराको हत्या गरेका छन् ।बुवा  बखत सिंह लिम्बूले गोली प्रहार गर्दा छोरा सफलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका बाबु ५२ वर्षे बखत सिंह लिम्बूले घरमा राखेको भरुवा बन्दुकबाट गोली प्रहार गरी छोरा सफलको हत्या गरेको तामाङले जानकारी दिए ।’बाबु-आमाको झगडा भएको रहेछ ।

झगडा नगर्नु भनेर सम्झाउँदा छोरालाई नै गोली प्रहार गरेको देखिन्छ,’ प्रहरी निरीक्षक तामाङले भने । मृतक सफलको शव पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । घटनापछि दुर्दिम्बा प्रहरी चौकीबाट गएको प्रहरीले बखत सिंह लिम्बूलाई पक्राउ गरिसकेको छ ।

  • ११ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech