कोहलपुर\ एपी वान टेलिभिजनद्वारा प्रसारण गरिएको लोकप्रिय रियालिटी शो एक्टिङ स्टार सिजन १’ की विजेता नविना रानाभाटलाई सञ्चारिका समूह नेपाल, बाँके शाखाले कोहलपुरमा सम्मान गरेको छ।
कार्यक्रमकी विजेता रानाभाटलाई दोसल्ला तथा मायाको चिनो प्रमाणपत्र हस्तान्तरण गरी सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका उप–प्रमुख संगिता सुवेदीले विजेता नविना रानाभाटलाई शुभकामना मन्तव्य व्यक्त गर्दै रानाभाटको सफलताले बाँके र लुम्बिनी प्रदेशको गौरव बढाएको उल्लेख गरेकी थिइन।
कार्यक्रममा सञ्चारिका समूह बाँकेअध्यक्ष पबित्रा परियारको अध्यक्षमा सम्मान कार्यक्रम को आयोजना गरिएको थियो ।















