कोहलपुर \प्यासन कोहलपुरको आयोजना तेस्रो प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ प्रतियोगिता संचालन गर्ने भएको छ ।
मंसिर १७ गते देखी तेस्रो प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ संचालन गर्ने आज बसेको संस्थापकहरुको भेलाले निर्णय गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी गराए ।

उक्त प्रतियोगितामा आधारभूत तह माध्यामिक तह तथा प्रि(प्राइमरी तह सम्म खेलकुद प्रतियोगिता हुने छ प्याब्सन कोहलपुर सचिव मित्रलाल वलीले जानकारी गराए । उक्त प्रतियोगितामा कूल २८ वटा विद्यालय सहभागिता हुने बताइएको छ ।














