बाँके\नेकपा एमाले कोहलपुर नगर कमिटीले जनप्रदर्शनसहित महाधिवेशन तयारीका निर्णय गरेको छ ।
कोहलपुर नगर अध्यक्ष कूल बहादुर भट्राईले सम्पन्न जिल्ला कमिटी सचिवालयको छैटौ पूर्ण बैठकबाट केन्द्रीय कमिटीको दसौँ बैठकले तय गरेको नीति अनुरूप प्रतिगामी गतिविधिलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ उन्मुख गराउने उद्देश्यले जनप्रदर्शनका कार्यक्रम गर्ने निर्णय गरेको जानकारी गराए ।
कोहलपुर नगर कमिटीको आठौं पूर्ण बैठकले कार्तिक २२ गते १५ वटै वडामा वडा स्तरीय जनप्रर्दशन कार्तिक २४ गते नगर स्तरीय जनप्रदशन र कार्तिक २९ गते जिल्ला स्तरीय जनसभामा सक्रिय सहभागिता जनाउने निर्णय गरिएको हो।
बैठकमा केन्द्रीय सदस्य सुर्य ढकाल , प्रदेश सदस्य , जिल्ला उप सचिव निर्मला सुनार ,जिल्ला सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति, सङ्गठन सुदृढीकरण र आगामी कार्यदिशाबारे सुझाव दिएका थिए। नगर कमिटीमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई ३ मिनेट आफ्नो धारणा राख्न समय उपलब्ध गराइएको थियो । अधिकांस बोल्ने सदस्यहरुले नेकपा एमालेले राष्ट्रियतार र राष्ट्रको संरक्षण गर्नाका निम्ति थप सक्रियता हुनु पर्ने तथा जेन जी को पर्दशनका क्रममा अपराधि समुहको सक्रियताले सहभागिता भएका कारण हालको देशको परिस्थिति हुन पुगेको ठहर गरेको छ । त्यसै गरी जेन जी समुहहरुको मागमा नेकपा एमाले पूर्ण सहमति रहेको समेत उल्लेख गरेको कोहलपुर नगरले जनाएको छ ।















