बाँके\नेकपा एमाले बाँकेको आयोजनामा आज बाँके जिल्लाका ८१ वटै वडाहरुमा युवाहरूसँग सार्थक संवाद तथा जन भेला कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमालेको दशौ पूर्ण बैठकले तय गरेको निर्णय अनुसार देश भर कात्तिक् २२ गते वडास्तरमा युवाहरूसँग सार्थक संवाद तथा जन भेला तथा २९ गते जिल्ला स्तरमा जन भेला गर्ने निर्णय बमोजिम आज बाँके जिल्लाका ८१ वटै वडामा युवा संवाद तथा जन भेलाका कार्यक्रमहरु संचालन गरिएको नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले जानकारी गराए ।
जनभेला तथा युवा संवाद कार्यत्रलममा स्थानीय युवाहरुको प्रश्नका प्रतिउत्तर र जेन जी पुस्ताहरुका उचित माग संविधान अनुरुप कार्य गर्नु पर्ने जस्ता विषयहरुमा संवाद गरिएको नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष कूल बहादुर भट्राईले बताए ।
त्यसै गरी बैजना गाउँपालिका स्तरमा युवा संवाद तथा जन भेला कार्यक्रममा नेकपा एमालेले देश विकासका निम्ति गरेका नितिगत निर्णय तथा विकासका गतिविधि बारे जानकारी गराइएको नेकपा एमाले बैजनाथ गाउँपालिकाका अध्यक्ष मन बहादुर खत्रीले बताए ।
खत्रीले सबै वडामा उत्साहपूर्वक जन भेला सम्पन्न गरिएको जानकारी गराए ।
युवा संवाद तथा जन भेला कार्यक्रममा नेकपा एमालेका केन्द्रि देखी प्रदेश जिल्ला नगर , पालिका वडा कमिटी टोल कमिटी सबै परिचालन भएको नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य घननाथ खनालले बताए ।










