२७ कार्तिक २०८२, बुधबार

मंसिर ८ मा हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।

  • २६ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • Nabintech