२७ कार्तिक २०८२, बुधबार

नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन तयार
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालको नेपालगन्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवनको काम डेढ महिना अगावै पूरा निर्माण भएको छ। नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवनको काम डेढ महिना अगावै पूरा भएको हो ।

‘नेपालगन्ज विमानस्थल टर्मिनल भवन निर्माण आयोजना’ कार्यालयका अनुसार उक्त कम्पनीले सन् २०२५ डिसेम्बर १५ मा सबै काम सम्पन्न गर्ने गरी मूल्यअभिवृद्धि कर(भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।आयोजना प्रमुख नलविक्रम थापाले म्याद सकिनुभन्दा करिब डेढ महिनाअगावै निर्माण कम्पनीले काम पूरा गरेको जानकारी दिए ।

अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ। २०७९ पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् आगामी पुसमा सक्नेगरी तीव्रता दिएको थियो।

  • २६ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • Nabintech