कोहलपुर \प्याब्सन कोहलपुरले तेस्रो प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि फिल्ड मार्शल तोकेको छ ।
राम जानकारी माविका निर्देशक तथा अध्यक्ष दिनेश सिग्देललाई प्याब्सन कोहलपुरले तेस्रो प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ का निम्ति फिल्ड मार्शलको जिम्मेवारी प्रदान गरेको हो ।
प्याब्सन कोहलपुरले यही मंसिर १७ गते बाट कोहलपुरमा तेस्रो प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२का निम्ति सिग्देललाई फिल्ड मार्शलको जिम्मेवारी प्रदान गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए ।
उनले भने खेलकुद प्रतियोगिताका नियम र खेलकुद आचारसंहिता बारे उहाँ विज्ञ हुनुहुन्छ।त्यसैले कोहलपुर प्याब्सन कार्य समितिको बैठकले उहाँलाई सम्पूर्ण खेलकूद प्रतियोगिताको जिम्मेवारी प्रदान गरिएको बताए । प्याब्सन कोहलपुरमा कूल २८ वटा विद्यालयहरुको सहभागितामा तेस्रो प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता भब्य रुपमा संचालन गरिने प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले बताए ।
उक्त रनिङ शिल्ड खेलकुद प्रतियोगितामा माध्यामिक तह ९ देखी १२ सम्म एथ्लेटिक्स तर्फ १ सय मिटर दौड छात्र\ छात्रा ,२ सय मिटर दौड छात्र\छात्रा ,,४ सय मिटर दौड छात्र\ छात्रा ,८ सय मिटर दौड छात्र\छात्रा , १५ सय मिटर दौड छात्र\छात्रा , ३ हजार मिटर दौड छात्र\छात्रा , १ सय x ४ सय रिले दौड छात्र\छात्रा , ४ सय x ४ रिले दौड छात्र\छात्रा ,त्यसै गरी छात्र\छात्रा भलिबल प्रतियोगिता खेलहरु संचालन गरिने भएको छ ।
त्यसै गरी आधाभूत कक्षा १ देखी ८ सम्मका खेलहरुमा समेत एथ्लेटिक्स तर्फ का खेलहरु समावेश गरिएको प्याब्सन कोहलपुरका उपाध्यक्ष समिर घर्ती मगरले जानकारी गराए।घर्तीका अनुसार आधारभूत तर्फ नर्सरी देखी कक्षा ३ सम्म अध्ययनरत्त नानीबाबुहरुका निम्ति समेत खेलहरु समावेश गरिएको जानकारी गराएका छन। तेस्रो प्याब्सन खेलकूद प्रतियोगिता भब्य रुपमा संचालन गर्नाका लागि विभिन्न उप समितिहरु समेत बनाइएको बताइएको छ ।
सम्पूर्ण खेलहरुका विवरण
















