२७ माघ २०८२, सोमबार

यो सरकारले जेनजीलाई चिन्दैन जेन्जिका मागहरू पनि सम्बोधन गर्दैनःसूर्य ढकाल
  • न्युज मानसराेवर

केपी ओली र व्यवस्था विरोधीहरूले विभिन्न माध्यमबाट आक्रोश व्यक्त गरिरहेका थिए। ती अवरोधका बाबजुद पनि सरकारले कानुन बनाउने विकास निर्माणका कामहरू अगाडि बढाउने शान्ति सुव्यवस्था कायम गर्ने लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै आएको थियो।

देशको अर्थतन्त्रलाई गतिशील बनाउने अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने र सामाजिक एकता कायम गर्ने समृद्धि नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न तत् अनुसार कार्यहरूलाई अगाडि बढाइरहेकै थियो। तर माओवादी, रासोपा, राप्रपा लगायत शक्ति एवं प्रवृत्तिहरू सरकारकाे विरोध खासगरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको विरोध सामाजिक सञ्जालहरूलाई दुरुपयोग गर्दै भ्रम फैलाइरहेका थिए। जनता र राष्ट्र ,प्रगति र परिवर्तन को पक्षमा सरकारले गरेका काम र उपलब्धिलाई ओझेल पार्ने धन्दामा लागिरहेका थिए। सरकार विरोधी यस धन्दामा विभिन्न प्रकारका शक्ति र तत्वहरू नेकपा एमालेको विरुद्ध आम जनतामा नकारात्मक मनोविज्ञान निर्माण गर्ने निरन्तर लागिरहेका थिए।
हामीले सरकारमा रहेर वा पार्टीमा नीतिगत वा व्यवहारिक रुपमा गल्ती गरेका थिएनौँ। तर पनि विरोधीहरु राम्रा कामको अनदेखा गर्ने मात्र होइन सबै क्षेत्रमा नराम्रो मात्र भयो भन्ने कुनै खास घटनामा आधारित भएर आलोचना वा विरोध गर्ने होइन गोलमुटल भाषामा सर्वत्र भ्रष्टाचार छ भन्ने भाषा निर्माण गर्ने र लोकतन्त्र, लोकतान्त्रिक पार्टी र लोकतान्त्रिक नेताहरुप्रति हमला गर्ने काम गरिरहेका थिए। हाम्रो पार्टी र पार्टीको नेतृत्वको सरकारले राष्ट्रिय हितको पक्षमा गरेका कामका कारणले एमाले र सरकारको विरोध गर्न भित्री रूपमा प्रष्टपोषण भइरहेको थियो
यसै क्रममा जेन्जी भनेर चिनिने निश्चित उमेरसम्मका नवयुवाहरू भदौ २३ गते भ्रष्टाचारको अन्त्य सुशासन सुशासन र नियमन गराउन रोकिएका फेसबुक लगायतका सामाजिक सञ्जाल खुलाउने माग सहित प्रदर्शनमा उत्रिएउनीहरूको आन्दोलन शान्तिपूर्ण रुपमै थियो।

विभिन्न प्रकारका स्वार्थी तत्त्व र समूहहरूको घुसपेट हुन सक्छ तिनीहरुले शान्तिपूर्ण प्रश्नलाई भड्काएर हिंसात्मक बनाउन सक्छन् मानव ढालको रुपमा प्रयोग गरेर ठूलो संख्यामा युवा विद्यार्थीहरूको हत्या हुने दुखद स्थिति सिर्जना गराउन सक्छन् र त्यसैको आवरणमा देश चलाउन सक्छन् भन्ने कुरा उनीहरूलाई थाहा थिएन। हामी स्पष्ट हुनुपर्छ सिंहदरबार सर्वोच्च अदालत लगायत सार्वजनिक सम्पत्ति र व्यक्तिको निजी सम्पत्तिमा आगो लगाउन सक्दैनन् र लगाएका पनि होइनन्।
भदौ २३ गतेका दिन भएको गोलिप्रहार र ज्यादतीबाट संसद भवन अगाडि मात्रै १७ जना इटहरीमा दुई जना गरी १९ जनाको दुखद निधन भयो सयौं घाइते भए भदौ २४ गते त त्यसलाई आधार मानेर विध्वंशको भुमरीमा फसाइयो। राष्ट्रपति भवन, सिंहदरबार ,संसद भवन ,सर्वोच्च अदालत र विभिन्न मन्त्रालयहरू सहित देशभरि सयौं सरकारी कार्यालयहरु प्रहरी कार्यालयहरु राजनीतिक दलका कार्यालयहरु होटेल र अन्य विभिन्न व्यवसायिक प्रतिष्ठानहरु शिक्षण संस्थाहरु स्थानीय पालिका भवनहरु का लोकतान्त्रिक आन्दोलन का शहदिका सालिक, नेपालको लोकतान्त्रिक नेता कार्यकर्ता निजी निवासहरू १६०० भन्दा बढी संरचनाहरू आग्जाने तोडफोड लुटपाट गरेर ध्वस्त पार्यो। शान्ति सुरक्षाको क्रममा खटिएका प्रहरीहरूको कुरर्ता र बर्बरतापूर्वक हत्या गरियो।

सुरक्षाकर्मीका पोषक लगायत सामानहरू लुटपाट गरियो। जेल तोडेर १४ हजारभन्दा बढी कैदीबन्दीहरु अन्तरालमा देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने सरकार परिवर्तनका लागि मात्र होइन मुलुकको राष्ट्रियता लोकतन्त्र संविधान अर्थतन्त्र संस्कृति र राष्ट्रियताका राष्ट्रिय एकतालाई ध्वस्त पार्ने षड्यन्त्र थियो ।सामाजिक सञ्जालको निबार्द सञ्चालन, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायत जेन्जी युवाहरूले राख्नुभएका मागमा कसैको विमति थिएन। यी हामीले प्रयास गर्दै आएका,र पूरा गर्न खोजिएको थियो।

संविधानले दिएको शान्तिपूर्ण भेला र सभा गर्ने अधिकार प्रयोग प्रयोग गर्दै आफूहरूको प्रदर्शन शान्तिपूर्ण मर्यादित र प्रचलित कानुनको दायराभित्र रहेर आयोजना हुन्छ भन्ने वचनबद्धता सहित जेन्जी युवाहरूद्वारा आयोजना गरिएको कार्यक्रमप्रति कसैको अन्यथा धारणा हुन सक्दैन तर आयोजकहरुले शान्तिपूर्ण रुपमा आयोजना गरेको कार्यक्रममा घुसपेट गरेर ठूलो संख्यामा युवा विद्यार्थीहरूको हत्या भयो हामी त्यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं।भदौ २३ गते माइतीघर मण्डलबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न अपरिचित शंकास्पद र निश्चित क्षेत्र तोड्न पर्खाल भत्काउन भित्र पस्न गरिएको स्थानमा पुर्याइएको र त्यसो गर्ने भड्काइएको यथार्थ बाहिर आइसकेको छ। त्यस्तो स्थिति कसरी निर्माण भयो कि त्यसमा अरु स्वार्थ पनि अन्तर नै थियो। त्यति ठूलो संख्यामा विद्यार्थी र युवाहरूको हत्या किन र कसरी भयो यस घटनाको यथार्थ छानबिन गर्नु र दोषीलाई दण्डित गर्न हाम्रो माग हो।

प्रतिनिधिसभा विघटन असंवैधानिक अलोकतान्त्रिक छ। यसले मुलुकलाई निर्वाचित जनप्रतिनिधि निकायविहीन अवस्थामा पुर्याएको छ। राजनीतिक रिक्तताकोस्थिति सिर्जना गरिएको छ यसले जनतामा निहित सार्वभौम सत्तालाई कमजोर बनाएको छ। र लोकतन्त्र विरोधी शक्तिहरुलाई उत्साहित तुलाएको छ हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति प्रकट छ। र विघटित प्रतिनिधिसभा तत्काल पुनस्थापना हुनुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छ।

असंवैधानिक ढङ्गले निर्माण भएको लुसिफरहरूको जगमा निर्माण भएको यो सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने। सरकार चुनाव गराउने बाटोमा अग्रसर छैन। सरकारले चुनावको वातावरण बनाउनको लागि गर्नुपर्ने न्यूनतम काम पनि गरिरहेको छैन। सरकार उल्टो बाटो हेरेको छ राजनीतिक दलहरूसँग संवाद गर्नुको साटो पुराना दलका शीर्ष नेताहरूलाई बाहिर निस्कन नदिने चुनाव खारेज गर्ने जस्ता उत्तेजक र निषेधकारी धम्की दिने काम गरिरहेको छ राजनीतिक पार्टीका नेताहरूको राजधानी रद्द गर्ने उनीहरुलाई स्थानान्तरण गर्ने र अभिव्यक्ति स्वतन्त्रता रोक लगाउने सरकारको गतिविधि निर्वाचनको वातावरण बनाउनतिर उन्मुख छैन निषेध र भिडन्ततिर उन्मुख छ।

सुरक्षा संयन्त्रको मनोबल घटेको छ। समाजमा अराजकता व्याप्त छ। र जेनजीका माग र मुद्दाहरू सम्बोधन गर्ने कुरामा सरकार उदासिन्न छ । सरकार जेन्जीलाई चिन्न छोडिसकेको छ। ५ दिनमा भ्रष्टाचारीलाई कारबाही सकिन्छ भने सुशीला कार्की प्रधानमन्त्री भएको पनि तीन महिना बितिसकेको छ। एकजना भ्रष्टाचारीलाई कारबाही त परै जाओस् सोधपुछ पनि गरेकी छैनन्। यो सरकार जेन्जीको होइन भन्ने कुरा जेन्जीहरूले पनि भनिरहेका छन् । जेन्जीका मागहरू पूरा गर्न जेन्जीसहितको सरकार निर्माण गर्न,संविधानको रक्षा, लोकतन्त्रको सुद्रीकरण शान्ति सुरक्षाको सुव्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न संविधान संशोधन गर्न प्रतिनिधिसभाको पूर्णस्थापना गरी जेन्जिका माग पूरा गर्न पनि जति सक्दो छिटो यो सरकारलाई विस्थापित गर्नु अहिलेको आवश्यकता भनेको छ।
लेखक सुर्य ढकाल  नेकपा एमाले केन्द्रीय सदस्य हुन।

  • ७ मंसिर २०८२, शनिबार प्रकाशित

  • Nabintech