१९ माघ २०८२, आईतवार

खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथन उपाधि
  • न्युज मानसराेवर

बाँके\ ११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जित्नुभएको छ । हाफ म्याराथनको उपाधी पनि नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपानेले  जित हात पारेका छन।

शनिबार बिहान नेपालगन्जमा सम्पन्न म्याराथनको उपाधि जित्नुभएका सेनाका खड्काले २ लाख रुपियाँ पुरस्कार समेत प्राप्त गरेका छन।  हाफ म्याराथन बिजेता सेनाकै न्यौपानेले ७५ हजार रुपियाँ पुरस्कार  प्राप्त गरिन।

खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार पार गर्न सफल भएका थिए । गत १० औ धारा नेपालगन्ज म्याराथनका पनि विजेता हुन।  यसैगरी म्याराथनमा  २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाल आर्मीकै सुशीलकुमार शाही दोस्रो तथा २ घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दूरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो स्थान प्राप्त गरेकी छन।

दोस्रोस्थान प्राप्त गरेका  शाही र तेस्रो भएका पार्कीले क्रमश: १ लाख र ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरे।   सोही प्रकारले हाफ म्याराथन महिलातर्फको उपाधि जित्नुभएकी सेनाकी न्यौपाने सो प्रतियोगिताको पाँचौं संस्करणकी विजेता पनि हुनु । हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फूलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा   भइन।  म्याराथन शुभारम्भ र समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क घिसिङलगायतको उपस्थिति थियो ।

म्याराथन र हाफ म्याराथन तथा अन्य विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो ।  तस्विरःसाभार 

  • ७ मंसिर २०८२, शनिबार प्रकाशित

  • Nabintech