काठमाडौँ\आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताको समयसीमा भोलि बुधबार (मंसिर १० गते)सम्मको छ ।समयसीमा घर्किनु अघिल्लो दिन अर्थात मंगलबारसम्म कूल ८० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।
मंगलबारसम्म केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले, राजेन्द्र प्रसाद लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, रन्जिता श्रेष्ठ (चौधरी) अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, देव प्रकाश त्रिपाठी अध्यक्ष रहेको नागरिक शक्ति नेपाल, हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी नेपाल, महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि प्रतिनिधिसभा निर्वाचन प्रयोजनको लागि दर्ता भइसकेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार चन्द्रदेव जोशी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेस, कविर सोप अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नेपाल), डा . चन्द्रकान्त राउत अध्यक्ष रहेको जनमत पार्टी, चित्रबहादुर केसीको नेतृत्व रहेको राष्ट्रिय जनमोर्चालगायतका दल पनि दर्ता भइसकेका छन् ।















