१२ मंसिर २०८२, बिहीबार

राष्ट्रियतामाथि संकट देखिएको बेला केपी ओलीको विकल्प खोज्नु हुँदैनःसूर्य ढकाल
  • न्युज मानसराेवर

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँ हुन गइरहेको छ। देशव्यापी १३ गते भित्र प्रतिनिधिहरु छनौट गरिसक्ने कार्यविधि केन्द्रले मातहत कमिटीमा पठाइसकेको छ। धेरै क्षेत्रमा सर्वसम्मत भइसकेको छ। र केही क्षेत्रमा सर्वसम्मत हुने कुरा जारी नै छ।विभिन्न सामाजिक सञ्जालमा नेकपा एमालेको केन्द्रीय अध्यक्ष केपी शर्मा ओली /ईश्वर पोखरेल मध्ये कसलाई बनाउन चाहनुहुन्छ, को भएको हेर्न चाहनुहुन्छ भनेर मिडिया टायल विभिन्न व्यक्तिहरुले गरेको पाइन्छ गर्नुभएको छ।

९५% एमालेहरूले जसको नीति उसैको नेतृत्व र राष्ट्रको आजको आवश्यकता को लागि केपी ओली नै नेकपा एमालेको केन्द्रीय अध्यक्ष हुनुपर्छ भनेर मत जाहेर गर्नुभएको छ। नेपाली कांग्रेस पूर्व माओवादी र पूर्व माओवादीमा मिसिएका साथीहरू राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध भएका र अन्य साथीहरुले नेकपा एमालेको भावी अध्यक्ष ईश्वर पोखरेल हुनुपर्छ भनेर मत जाहेर गरेको देखिन्छ। यसले के कुरा प्रमाणित गर्छ भने नेकपा एमालेको केन्द्रीय अध्यक्ष राष्ट्रियता र स्वाधीनताको लागि केपी ओलीलाई नै अध्यक्ष बनाउनुपर्छ भन्ने कुरा आम नेकपा एमालेका प्रतिनिधिले बुझ्नुपर्दछ।

नेपालका श्रमजीवी वर्गको राजनीतिक प्रतित्व गर्ने पार्टीका रूपमा २००६ साल वैशाख ९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।नेकपा एमाले विश्व कम्युनिष्ट आन्दोलनको अभिन्न अङ्ग हो। मार्क्सवाद लेलिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रूपमा यो पार्टी अगाडि बढिरहेको छ । नेपालको कम्युनिष्ट आन्दोलन र सामाजिक परिवर्तनको आन्दोलनको जगमा आफ्नो अनुभवमा आधारित मौलिक बाटोबाट अघि बढिरहेको छ। एमालेलाई समाप्त गर्न बाह्य र भित्री तत्त्वहरू निरन्तर लागिरहेका छन्। ती सबै तत्वहरुलाई एकपछि अर्को गर्दै शान्तिपूर्ण ढंगले जनमतकै हिसाबले प्रास्त गर्दै एमाले अगाडि बढेको छ।

नेपाल कम्युनिष्ट पार्टी एमाले २००६ सालमा स्थापना भएको नेकपाको निरन्तर र कम्युनिष्ट आन्दोलनको मूल प्रभाव हो। नेपाली समाज पूँजीवादी चरणमा प्रवेश गरे पनि तदनुरुपको उत्पादन शक्ति र सम्बन्धको विकास हुन सकेको छैन। र सामन्ती उत्पादन सम्बन्धमा आधारित वर्गहरूको उपस्थिति कुनै न कुनै रूपमा विद्यमान छ। नेपाल कम्युनिस्ट पार्टी एमाले शारीरिक श्रम र बौद्धिक श्रम गरेर बाँच्ने सबै खाले श्रमजीवी वर्गको पार्टी हो। यस पार्टीले समाजका विभिन्न तह तथा मध्यम वर्ग र परिवर्तनमा सहयोग हुने राष्ट्रिय पुजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्छ। तर यो पार्टी श्रमजीवी वर्ग पक्षदर्ताबाट कहिले विचलित भने हुँदैन त्यतिबेला नेकपा एमालेको उद्देश्य आर्थिक सामाजिक विकासको रूपान्तरणको माध्यमबाट समाजवादको आधार तयार गर्नु रहेको छ।

त्यसका लागि पार्टीले समृद्धि नेपाल सुखी नेपालीको संकल्प लिएको छ। भविष्यमा नेपाली समाजलाई आर्थिक सामाजिक रूपले सबल सुदूर बनाउँदै शान्तिपूर्ण बाटोबाट समाजवाद निर्माण गर्नु यसको मुख्य लक्ष्य हो। पार्टी निर्माणको मूल सैद्धान्तिक आधार पनि यही हो। नेकपा एमाले हिंसामा बाहुबलीमा विश्वास गर्दैन। हामी वैचारिक प्रतिस्पर्धा गर्न चाहन्छौ सैद्धान्तिक प्रतिस्पर्धा गर्न चाहन्छौं। विधिमा प्रतिस्पर्धा गर्न चाहन्छौं जनमतमा प्रतिस्पर्धा गर्न चाहन्छौं। इमान्दार ,इमान्दारितामा प्रतिस्पर्धा गर्न चाहन्छौ। आस्था र डिग्निटीमा प्रतिस्पर्धा गर्न चाहन्छौ। आस्था र डिग्निटीमा प्रतिस्पर्धा गर्न चाहन्छौ। हामी हिंसा आग्जनी,तोडफोड र लुटपाटमा हामी प्रतिस्पर्धा गर्न चाहँदैनौँ र सक्दैनौं ।

देशका बैरीहरूले बुझेका छन् लोटपाट चोरी आग्जनीमा एमालेलाई पछार्न सकिन्छ भन्ने हामी यो काममा अगाडि गर्न बढ्न सक्दैनौँ। प्रतिस्पर्धा गर्न सक्दैनौ।नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा एमाले कुनै मुलुक विशेषको आन्दोलनको अनुभव होइन र हुन सक्दैन। यो आफ्नै सिद्धान्त आफ्नै अनुभव र आफ्नै संघर्षको जगमा अगाडि बढिरहेको पार्टी पनि हो।

विश्वका सफल भनिएका आन्दोलनको यान्त्रिक अनुकरणबाट यो पार्टी टाँडै रहेको छ छ। विश्व कम्युनिष्ट आन्दोलनबाट प्राप्त गरेका सफलता र असफलताबाट पाठ सिक्दै अनुभवहरू सगाल्दै विभिन्न आरोप र अवरोधलाई सामना गर्दै नेकपा एमाले निरन्तर अगाडि बढिरहेको छ। ७५ वर्षको इतिहासमा फेरि एकपटक बाह्य आक्रमणबाट एमालेलाई कमजोर बनाउन खोजिएको छ बाह्य तत्त्वले एमालेलाई कमजोर बनाउन आन्तरिक रुपमा व्यक्तिहरुले परिचालित गर्न पनि खोजिरहेको छ। यस्ता जन्जिरहरुबाट एमाले लाई कार्यकर्ताहरूले बचाउँदै ल्याएका छन् र आज पनि भोलि पनि र भविष्यमा पनि कार्यकर्ताले एमालेलाई बचाइरहनुपर्नेछ।

नेकपा एमालेले मार्क्सवादलाई नेपाली विशेषतानुरूप सृजनात्मक रुपमा लागू गर्ने क्रममा आफ्नो मौलिक बाटो तयार गर्दै अगाडि बढिरहेको छ नेपाली राजनीतिका सबै ठूला जनआन्दोलन र जनक्रान्तिमा यसले वैचारिक र राजनीतिक नेतृत्व प्रदान गर्न सफल भएको छ।राणा शासनको अन्त्य बहुदलीय व्यवस्थाको स्थापना २४० वर्षसम्म नेपाली जनता माथि अन्याय अत्याचार उत्पीडन गरेको राजतन्त्रलाई समाप्त गरेर लोकतन्त्र स्थापना गर्न २४० वर्षसम्म नेपाली जनतामाथि अन्याय अत्याचार उत्तीर्ण गरेको सामन्तवादलाई समाप्त गर्न र गणतान्त्रिक स्थापना गर्न १० वर्षे हिंसात्मक युद्ध गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र संविधानसभाको माध्यमबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा।

यस पार्टीको अहम भूमिका रहेको छ। अहिले फेरि राष्ट्रियता ,स्वाधीनताको र स्वाभिमानको रक्षाको लागि फेरि एमालेले नेतृत्व गर्नुपर्नेछ। हिंसा र अराजकताबाट नेपाली समाजलाई सभ्य समाजमा रुपान्तरण गर्नुपर्ने छ।त्यसकारण पनि नेकपा एमालेको भूमिका प्रभावकारी हुनुपर्छ। त्यतिबेला नेपाली जनक्रान्ति बुर्जुवा जनवादी क्रान्तिभन्दा भिन्न र जनताको बहुदलीय जनवादले आत्मसात गरेको मान्यताको तहमा पुगिसकेको अवस्था छ। यस्तो अवस्थामा जनताको बहुदलीय जनवादले समाजवादको आधार तयार नहुन्जेलसम्म समेत समाजवादको चरणमा सैद्धान्तिक रुपमा मार्गदर्शन गर्नेछ। जसको नीति उसैको नेतृत्व कम्युनिस्ट पार्टीको मूल मर्म हो।

नेकपा एमालेले दोस्रो विधान महाधिवेशनबाट नीति र विधि पास गरिसकेको छ। त्यो नीति र विधिलाई नेतृत्व गर्ने नेतृत्व एघारौं राष्ट्रिय महाधिवेशनबाट तयार हुनेछ नीति र नेतृत्वको बीचमा तालमेल नहुँदा धेरै कम्युनिष्ट पार्टीहरू छिन्नभिन्न भएका छन्। यो विषम परिस्थितिमा एमालेलाई एकताबद्ध बनाएर लैजाने सुदृढ बनाएर लैजाने जिम्मा कार्यकर्ताको राष्ट्रलाई संकट परेको बेला पार्टीलाई संकट परेको बेला समाजमा आतंकको आतंक सृजित भएको बेला पार्टी र नेतृत्वको आलोचना गर्ने मान्छे एमाले बनिरहन सक्दैन।

लोकतान्त्रिक विधि भन्ने चुनावमा प्रतिस्पर्धा गर्ने चुनावमा पराजित भइसकेपछि त्यो पार्टीको नीति र नेतृत्वको विरोधमा निरन्तर खेदो गर्ने अन्तत दक्षिणपन्थी भासमा आफूलाई समाप्त गर्ने विरोधीहरुका ख्यामामा उभिएर अग्लो हुन खोज्ने प्रवृत्ति कम्युनिष्ट पार्टीको गलत प्रवृत्ति हो। कम्युनिष्ट आन्दोलनको यो ७५ वर्षको इतिहासमा मूल नेतृत्वबाट बाहिरिएपछि अथवा पराजित भएपछि त्यही पार्टीमा बसेर पार्टी विस्तार र समाज रूपान्तरणको अगुवाई गर्ने काम पुष्पलाल र केपी ओली बाहेक कसैले पनि आत्मसात गर्न सकेनन् ।

एक महाधिवेशनमा पराजित भइसकेपछि अर्को महाधिवेशनमा विजय प्राप्त गर्ने उद्देश्यका साथ पार्टी आन्दोलनको पक्षमा उभिएको नेता भनेको केपी ओली बाहेक अर्को कम्युनिष्ट पार्टीमा देखिँदो रहेछ। भेटिँदो रहेछ। त्यस हिसाबले पनि अरु नेताहरूभन्दा केपी ओली अब्बल छन्।सक्षम छन् राष्ट्रप्रेमी छन् देशभक्त छन् र आफ्नो अडानमा अडिक छन्। त्यही कारणले एघारौँ राष्ट्रिय महाधिवेशनको लागि १३ गते जिल्लाबाट निर्वाचित हुने क्षेत्रबाट निर्वाचित हुने सबै प्रतिनिधिहरु केपी ओलीलाई समर्थन र मतदान गर्ने गरी पठाउनुपर्छ। कम्युनिष्ट आन्दोलनको एकताको लागि राष्ट्रिय स्वाधीनताको लागि लोकतन्त्रको लागि यो संकटको बेला केपी ओलीको विकल्प खोज्नु हुँदैन।

लेखक ढकाल नेकपा एमालेका केन्द्रिय सदस्य हुन।

 

  • १२ मंसिर २०८२, बिहीबार प्रकाशित

  • Nabintech