कोहलपुर \प्याब्सन कोहलपुर नगर स्तरीय तेस्रो रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ उद्घाटन भोली विहान ११ बजे गरिने भएको छ ।
२८ वटा विद्यालय आवद्ध रहेको प्याब्सन कोहलपुर नगर स्तरीय तेस्रो रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२को सम्पूर्ण तयारी पुरा भएको खेलकुद प्रतियोगिताका फिल्ड मार्सल दिनेश सिक्देलले जानकारी गराए ।
सिग्देलका अनुसार उद्घाटन पूर्व साविक पिपलचौतारा बाट र्याली सहित कोहलपुर ११ स्थित खेल मैदानमा तेस्रो रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ उद्घाटन गरिने जानकारी गराए । सिग्देलले प्रतियोगिता लागि खेलाडिहरुको रुजु खेल तालिका जस्ता प्राविधिक कार्यहरु समेत सम्पादन भइसकेको बताए ।त्यसै गरी सिग्देलले टाईसिटमा केही विद्यालयको प्राबिधिक कारणले नाम छट्न गएको हुँदा भोली विहान ७ः३० सम्म अन्य खेलहरुका समेत तालिका सार्वजनिक गरिने न्यूजमानसरोबरलाई जानकारी गराएका छन।
”धेरै उत्साहका रुपमा हामीले यो प्रतियोगितालाई लिएका छौँ ‘ प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए ।उनले भने यो गौरवको क्षणमा सम्पूर्ण खेलप्रेमी अभिभावक स्थानीय सरकार ,स्थानीय खेलकुद समिति ,राजनितिक दल,समाजसेवि , पत्रकार ,शान्ति सुरक्षाका निम्ति कोहलपुर प्रहरी , नगर प्रहरी सबै धन्यवादका प्रात्र हुनुहुन्छ अध्यक्ष खत्रीले भने। सबैको सहयोगले प्रतियोगिता सम्पन्न हुने विश्वास समेत व्यक्त गरेका छन। प्रतियोगिता १७ देखी २० गते सम्म संचालन गरिने प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले जानकारी गराएका छन।
प्रतियोगिताका एथलेटिक्स तर्फका खेलहरुका विवरण











