कोहलपुर\ मंसिर १७ गतेदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता–२०८२ जारी छ ।
प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा प्रतिष्पर्धा भइरहेको छ । कोहलपुर–११ स्थित न्युरोडको खुल्ला खेल मैदानमा भइरहेको प्रतियोगितामा बिहीबारसम्म आधारभूत तहको आठ मीटर दौड प्रतियोगिता सम्पन्न भएको आयोजक प्याब्सन कोहलपुरले जनाएको छ । आधारभूत तह ‐१–८) सम्मको ८ सय मीटर दौडमा छात्रतर्फ ग्रीनपिस स्कूलले प्रथम स्थान हासिल गरेको छ ।
उक्त विधामा निम्बल एकेडेमी द्धितीय र बागेश्वरी एकेडेमीले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ कोहलपुर पाठशालाले प्रथम स्थान हासिल गरेको छ । निम्बल एकेडेमी द्धितीय र गुरुकूल शिक्षा सदनले तृतीय स्थान हासिल गरेका छन् । यस्तै माध्यमिक तह ‐९–१२) को ८ सय मीटर दौडमा छात्रतर्फ डायनामिक मावि प्रथम,सेन्चुरी एजुकेशन एकेडेमी द्धितीय र बालविद्या मावि तृतीय भएका छन् ।
छात्रातर्फ ग्रीनपिस स्कूल प्रथम,जीवन ज्योति स्कूल द्धितीय र एभरेष्ट सैनिक स्कूलले तृतीय स्थान हासिल गरेका छन् । भोली फाइनल हुने खेलहरु तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिताका सचिवालय संयोजक कुमार रावतका अनुसार मंसिर १९ गते माध्यमिक तह र आधारभूत तहको छात्र÷छात्रातर्फ एक सय मीटरको फाइनल खेल प्रतिष्पर्धा हुनेछ ।
यसैगरी आधारभूत तहको छात्र÷छात्रातर्फ ४ सय मीटर फाइनल खेल हुनेछ । माध्यमिक तह छात्र÷छात्रातर्फ १५ सय मीटर दौड र ‐चार इन्टु सय) रिले दौडको फाइनल, पूर्व प्राथमिक तहतर्फ चम्चा र कुर्सी दौडको फाइलन खेल हुने संयोजक रावतले बताए । माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाउनेछन् ।
यस्तै आधारभूत तह ‐१–८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह ‐नर्सरी–३) तर्फ १२० जनागरी कूल ९६० जनाले सहभागिता जनाएका छन् । तियोगितामा कूल १ हजार ८ सय ३८ जनाको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर २० गते सकिनेछ ।










