कोहलपुर \कोहलपुर नगरपालिका–१, कौशिल्यानगरस्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदान आगामी मंसिर २५ देखि २९ गतेसम्म विद्यालय–स्तरको भव्य “कोहलपुर मेयर कप खेलकुद प्रतियोगिता–२०८१” सञ्चालन हुन लागेको छ।
नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका सबै तयारी पूरा भइसकेको जानकारी दिएको हो।दुई तहमा १,८५८ खेलाडी प्रतियोगिता आधारभूत (आ.वि.) र माध्यमिक (मावि.) गरी दुई तहमा सञ्चालन हुनेछ। दुवै तहका छात्र–छात्रा गरी १ हजार ८ सय ५८ खेलाडीले विभिन्न ८ विधामा प्रतिस्पर्धा गर्नेछन्।
आधारभूत तह (आ.वि.) को विवरण छात्रा : २९७
छात्र : ४३४ कुल खेलाडी : ७३१ माध्यमिक तह (मावि.) को विवरण छात्रा : ४९१ छात्र : ६३६ कुल खेलाडी : १,१२७जम्मा खेलाडी : १,८५८ विद्यालय सहभागिता प्रतियोगितामा कोहलपुर नगर क्षेत्रभित्रका विद्यालयहरूको उल्लेखनीय सहभागिता रहनेछ।
माध्यमिक तह : ४४ मध्ये ४३ विद्यालय आधारभूत तह : १९ मध्ये १० विद्यालय आयोजकका अनुसार अधिकतम विद्यालय सहभागी गराउने लक्ष्य यो वर्ष पनि सफल भएको छ।
समावेश खेल विधाहरू प्रतियोगिता बिभिन्न ट्र्याक तथा फिल्ड खेलदेखि टोली खेलसम्म समेटिएको छ। खेल विधाहरू यसप्रकार छन् । एथलेटिक्स, भलिबल, मार्सल आर्ट्स, कबड्डी, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, जबलिन थ्रो, एथलेटिक्सका दौड प्रतिस्पर्धाहरू, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर १००×४ रिले,४००×४ रिले
नगर खेलकुद समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले मेयर कपलाई विद्यालय–स्तरको खेलकुद विकासमा ‘टर्निङ प्वाइन्ट’का रूपमा हेर्ने बताए। “यो प्रतियोगिताले विद्यार्थीका लुकेका प्रतिभा बाहिर ल्याउँछ। खेलले अनुशासन, आत्मविश्वास र सकारात्मक प्रतिस्पर्धा सिकाउँछ, मेयर कप त्यही उद्देश्यले अघि बढाइएको हो।”
त्यस्तै, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकले खेलकुद विद्यार्थी विकासको आवश्यक आधार रहेको उल्लेख गरे। “खेलमैदान तयारी, प्राविधिक टिम, सुरक्षा, स्वच्छ प्रतियोगिता वातावरण लगायत आवश्यक सबै व्यवस्था पूरा भइसकेका छन्। मेयर कपलाई व्यवस्थित र सफल रुपमा सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध छ।” तयारी पूरा प्रतियोगिता सञ्चालनका लागि मैदानदेखि व्यवस्थापनसम्मका सबै पूर्वतयारी पूरा गरिएका छन्।
खेल सामग्री तयारी, रेफ्री तथा प्राविधिक टोली परिचालन
मैदान लेभलिङ र मार्किङ, विद्यालय दर्ता प्रक्रिया,खेल तालिका प्रारूप, सुरक्षा समन्वय सबै चरणमा नगरपालिका र विद्यालयबीच समन्वय गरिँदै प्रतियोगितालाई अनुशासित, सुरक्षित र पारदर्शी बनाउने लक्ष्य राखिएको छ।
विद्यार्थीको क्षमता पहिचान र प्रेरणाको मंच आयोजकका अनुसार मेयर कप केवल प्रतिस्पर्धा मात्र नभई विद्यार्थीमा
अनुशासन,सहकार्य,मेहनत,नेतृत्व क्षमता,र खेलप्रतिको लगाव विकास गराउने अवसरका रूपमा रहेको छ।










