काठमाडौं \ एमालेको नयाँ नेतृत्वका लागि भइरहेको मतगणनामा अब १०८८ मतको परिणाम आउन बाँकी छ ।
११३९ को गणनामा ८७ मतान्तरसहित अगाडि रहेका महासचिवका उम्मेदवार शंकर पोखरेललाई त्यसपछिको गणनामा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले उछिन्दै लगेको एक मतगणकले नेपाल प्रेसलाई बताए ।अबको मत परिणाम अन्तिम हुने भन्दै ती मतगणकले महासचिवमा पाण्डेले यद्यपी सबै गणना सक्दासम्म मतान्तर तलमाथि हुने सम्भावना रहेको उनको भनाइ छ ।
‘विभिन्न बुथमध्ये सबै बुथमा पोखरेलको मत घट्दो र पाण्डेको बढ्दो पाइन्छ’, उनले भने, ‘अंकमा भन्न एकछिन पर्खिनुपर्छ,।’








