बाँके\सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको आयोजनामा आयोजित कार्यक्रममा उपन्यासकार विष्णुमान श्रेष्ठको उपन्यास “करिस्मा” को विमोचन गरिएको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोगका सदस्य प्रा. डा. कृष्णप्रसाद घिमिरे तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले “करिस्मा” उपन्यासको विमोचन गरेका हुन।प्रमुख अतिथि प्रा.डा. कृष्णप्रसाद घिमिरेले करिस्मा सरल भाषामा लेखिएको नेपालगन्जको सुगन्ध बोकेको उपन्यास रहेको उल्लेख गरे।
त्यसै गरी प्राज्ञ महानन्द ढकालले करिस्मा उपन्यासले जातीय विभेद, वर्गीय विभेद र लैङ्गकि विभेदलाई कडा रुपमा उठाएको बताउँदै विष्णुमानले आफूले पूरा गरेको जीवनको असी दशकको अनुभव र अनुभूतिसमेत उपन्यासमा समेटिएको बताएका छन।











