२१ पुष २०८२, सोमबार

कोहलपुरका कुनै पनि महोत्सवमा नछुट्ने एकमात्र कलाकार बद्रि पंगेनी
  • न्युज मानसराेवर

 कोहलपुर\ कोहलपुर महोत्सवको सातौं संकरण कोहलपुरमा चलिरहेको छ ।

यहि पौष ९ गतेदेखी सुरु भएको महोत्सवको ११औं दिन चर्चित गायक बद्रि पंगेनीले आफ्नो प्रस्तुती दिएका छन । प्रस्तुती दिनुअघि गायक पंगेनीले कोहलपुरवासीलाई धन्यवाद दिएका छन । कोहलपुरमा महोतसव सुरु भएदेखी हालसम्मका सबै महोत्सवमा आउन पाउने एक मात्र भाग्यमानी कलाकार आफु भएको भन्दै पंगेनीले खुसी ब्यक्त गरेका हुन । उनले महोत्सव आयोजकलाई धन्यवाद समेत ज्ञापन गरे ।

महोत्सवको ११औँ दिन शनिबार चर्चित गायक बद्री पंगेनी, यम टि महर, गायिका प्रीती आले र मोडल टिका जैशी लगायतका कलाकारहरूले आफ्नो प्रस्तुती दिएका छन । चिसो मौसमका बाबजुत महोत्सव परीसर दर्शकले खचाखच भरीएको थियो ।दर्शकको सहभागीता उत्साहजनकरुपमा बढेपछि महोत्सवको अवधि थपिएको छ । महोत्सव पौष २४ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

आईतबार आउने कलाकारहरु

महोत्सवको १२औँ दिन आईतबार चर्चित गायक कमल खत्री, कुलेन्द्र विक, गायीका शान्तीरानी परियार, उदयमान गायक ऋषी थापा र मोडल सिन्दु चन्द ठकुरीको लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।

  • २० पुष २०८२, आईतवार प्रकाशित

  • Nabintech