२१ पुष २०८२, सोमबार

विस्थापित छोटी भन्सार पुनर्स्थापना गर्न माग
  • न्युज मानसराेवर

बाँके\ बाँकेको उद्योगी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघले शसस्त्र द्वन्द्वमा विस्थापित भएका जिल्लाका छोटी भन्सारहरु पुनर्स्थापना गर्न माग गरेको छ ।

खुला सीमाना र अवैध आयातका कारण नेपालगन्ज लगायत बाँके जिल्लाका उद्योग व्यवसाय धराशायी हुँदैगएको जनाउँदै नाकामा कडाइ गर्नुका साथै विस्थापित छोटी भन्सार पुनर्स्थापना गर्न माग गरिएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले शसस्त्र द्वन्द्वका बेला बन्द गरिएका जिल्लाको छोटी भन्सार कार्यालय अझै पुनस्र्थापना नहुँदा विभिन्न नाकाबाट अवैध आयात निर्यात बढेकाले तत्काल ती भन्सार कार्यालय सञ्चालन गर्न संघले माग गरेको बताए।

बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । साइड नाकाहरुमा नेपाली सुरक्षाकर्मीको उपस्थिति रहे पनि भन्सार छली हुने गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए।

  • २० पुष २०८२, आईतवार प्रकाशित

  • Nabintech