२३ पुष २०८२, बुधबार

क्यान्सर अस्पताल खजुरामा भिडियो एक्सरे सेवा बन्द
  • न्युज मानसराेवर

बाँके\बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा गत दस दिनदेखि भिडियो एक्सरे सेवा बन्द रहेको छ ।दस दिन अघि अस्पतालका रेडियोलोजिस्ट डा. ठाकुर कोइरालाले राजीनामा दिएर काठमाडौँ फर्किएपछि अर्को रेडियोलोजिस्ट नपठाइएकाले भिडियो एक्सरे सेवा ठप्प भएको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जनाएको छ ।

क्यान्सरको उपचारका लागि अति आवश्यक मानिने प्रारम्भिक परीक्षण भिडियो एक्सरेनै बन्द भएपछि सो अस्पतालमा आएका बिरामीहरुलाई समस्या परेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले बताए।उनले एक्कासी अस्पतालका रेडियोलोजिस्ट डा। कोइरालाले राजीनामा दिएर गएपछि अर्को व्यवस्था गर्न नसकिएकाले बिरामीलाई सो सेवा प्रदान गर्न नसकिएको बताए ।

यसअघि लामो समयसम्म पार्टटाइम ज्यालादारीमा सञ्चालन गरिएको भिडियो एक्सरे सेवा एक वर्षअघि डा। कोइराला आएपछि पूर्णरुपमा सञ्चालनमा आएको थियो । तर, अहिले उहाँले नै छोडेर गएपछि एक्सरे सेवा ठप्प भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा।पौडेलले तत्काल अर्का रेडियोलोजिस्ट पठाउन मन्त्रालयमा पटक पटक आग्रह गरेको जनाउँदै हालसम्म पनि नपठाइएकाले समस्या बढ्दै गएको उल्लेख गरेका छन।स्थानीयस्तरमै रेडियोलोजिस्ट राख्न खोज्दा अस्पताल विकास समितिनै पूर्ण नभएको हुँदा सो बारे विज्ञापन गर्न नसकिएको अस्पतालले जनाएको छ ।

  • २१ पुष २०८२, सोमबार प्रकाशित

  • Nabintech