२४ पुष २०८२, बिहीबार

आलोचना, प्रतिशोध र घृणाको विषय होइन राजनीति
  • सूर्य ढकाल

दिन छ रात छ। उज्यालो छ अँधेरो छ। जीवन छ मृत्यु छ। राम्रो छ नराम्रो छ। सफलता छ असफलता छ। सकारात्मक छ नकारात्मक छ। ध्वंस छ सिर्जना छ। धनी छ गरिब छ। श्रमजीवी छ श्रम शोषक छ। सबैको भलो चाहने छ सबैको कुभलो चाहने पनि छ। जीवन छ मृत्यु यानिकि संसार दुई भागमा विभाजित छ। आकाश छ पातल छ।

राष्ट्रलाई माया गर्ने राष्ट्रवादी र राष्ट्रलाई माया नगर्ने राष्ट्रघातीहरु पनि छन् यस संसारमा हरेक वस्तु दुई भागमा विभाजित छ। विचारको हिसाबले पनि भौतिक बादी विचार र आध्यात्मिकवादी विचार भौतिकवादी विचारले पदार्थलाई प्राथमिकता दिन्छ संसार बुझ्न पढ्न र परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राख्छ। आध्यात्मिकवादी विचारले विश्व बुझ्न र परिवर्तन गर्न पनि सकिँदैन परमात्माको निघाहाबाट परिचालित छ। मान्छेहरू पूर्वजन्मको कारणले ऊ धनी र गरिव बन्छ आदि।
आजभन्दा २०० वर्ष अगाडि विश्वमा ७६ वर्ष अगाडि नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको हो।२००६ सालमा ५ जनाको उपस्थितिमा श्रमजीवी जनताको राज्य सत्ता प्राप्ति गर्ने , मानवले मानवमाथि गर्ने सबै प्रकारका शोषण उत्पीडनको उन्मूलन गर्ने, उत्पादनका साधनहरू उत्पादनशक्तिको हातमा रहने राज्य व्यवस्था स्थापना गर्ने दीर्घकालीन लक्ष्य लिएर स्थापना भएको कम्युनिष्ट पार्टी स्थापनाकालदेखि नै राष्ट्रियता ,जनजीविका र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ।

यो ७६ वर्षको इतिहासमा यसले धेरै आरोह र अवरोहहरू पार गरेको छ। यदि नेपालमा कम्युनिस्ट पार्टी स्थापना नभएको भए २००७ ३६, २०४६, ६२ /६३ सालका परिवर्तनहरू सम्भव थिएनन्। काठमाडौँबाट अर्थात् सिंहदरबारबाट सिधै वडामा बजेट र विकास आउने कुरा पनि सम्भव थिएन। सामन्तवाद तथा दलाल नोकरशाही पुँजीपतिहरूको शोषण उत्पीडन व्यापक रहने थियो। नेपाली समाजमा रहेको जाति विभेद, धार्मिक विभेद ,आर्थिक विभेद विकराल रुपमा रहिरहने थियो। नेपालका हरेक परिवर्तनका आन्दोलनमा कम्युनिष्टहरूले महत्त्वपूर्ण भूमिका खेलेको इतिहास छ । नेपालको लोकतान्त्रिक आन्दोलनको निष्पक्ष भएर इतिहास लेख्दा कम्युनिष्टहरुले खेलेको प्रमुख तथा प्रभावकारी भूमिकालाई उल्लेख नगरी त्यो लोकतान्त्रिक आन्दोलनको इतिहास पूरा हुन सक्दैन। आर्थिक, सामाजिक सांस्कृतिक, भाषिक परिवर्तनको निम्ति पनि कम्युनिष्टहरूले ठूलो संघर्ष र बलिदान गरेका छन्। जनजनमा मनमनमा कम्युनिष्ट प्रतिको आकर्षण आम नेपाली जनतामा कुनै न कुनै रुपले प्रभाव परेको छ।

सन् १९९० को दशकमा सोभियत सङ्घ र पूर्व युरोपरूपमा कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का आयो। सोभियत सङ्घमा समाजवाद ढलेपछि सोभियत समाज व्यवस्था विघटन भयो र सोभियत कम्युनिष्ट पार्टी छिन्नभिन्न भयो। संसारभरका पुँजीवादी साम्राज्यवादीहरु खुसीले मतमस्त भए र संसारबाट कम्युनिजम समाप्त भएको घोषणा गरे तर नेपालमा भने कम्युनिस्टहरू सफलताको शिखरतर्फ लम्किरहेका थिए। सोभियत सङ्घ र सोभियत कम्युनिस्ट व्यवस्था विघटन हुनका आफ्नै आन्तरिक कारण थिए।

विश्वव्यापी रूपमा साम्राज्यवादीहरूलाई पराजित गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ विजयको उचाइमा पुर्याउने अभियानमा सोभियत संघको महत्वपूर्ण योगदान रहँदारहँदै पनि सोभियत सङ्घका अगाडि नयाँ अन्तरविरोधहरु देखा परे। यो अन्तरविरोधहरू मुख्यत गतिशील उत्पादन शक्ति र यथास्थितिवादी उत्पादक सम्बन्धका बीचमा पैदा भएको थियो। युद्धमा तहसनहस भएको अर्थतन्त्रमा सुधार गर्दै जनताको समृद्धिलाई माथि उठाएर अगाडि जानुपर्ने आन्तरिक संरचनामा व्यापक सुधार राज्य सञ्चालनको प्रक्रियामा जनताको व्यापक सहभागिता गराउँदै जानुपर्नेमा त्यस अनुरुपका कदम चाल्न नसकेका कारण सोभियत सङ्घबाट समाजवादी व्यवस्था विघटन हुन पुगेको थियो।

सोभियत सङ्घमा समाजवादको असफलतापछि विश्व कम्युनिष्ट आन्दोलनमा विभिन्न प्रतिक्रियाहरू देखापर्यो। सोही अनुसारको खेमा समूह खडा भए हुनाले जसको नेतृत्व माओवादीले गरिरहेको थियो। माओवादीले १० वर्ष जनयुद्ध गर्यो। १७ हजारभन्दा बढीले सहादत प्राप्त गरे हजारौं घाइते अपाङ्ग भए ।पहिलो संविधानसभाको निर्वाचनमा माओवादी ठूलो पार्टी बन्यो आज माओवादी आफ्नो आदर्श आफ्नो बलिदान आफ्नो गौरव बोकेर अगाडि बढ्न सक्ने अवस्थामा छैन। सशस्त्र युद्धको बेला पार्टी र विचारलाई जनताको बीचमा पुर्याएता पनि सत्ता प्राप्त गरिसकेपछि माओवादी जनताबाट अलग हुन पुग्यो। त्यही कारण माओवादी पनि विघटनको संघारमा पुगी विभिन्न पार्टीमा रहेर असफल भएका अवसरको खोजीमा रहेका सधैं सत्तामा रहिरहन चाहने व्यक्तिहरूलाई जोडी नेपाली कम्युनिष्ट पार्टी गठन गर्न पुगेको छ।

संसारमा कम्युनिष्ट विचार के औचित्य समाप्त भएको हुनाले सोभियत संघमा समाजवाद विघटन भएको भन्नेहरू पुँजीवादी पुँजीवाद र साम्राज्यवाद नै अमर व्यवस्था हो भन्ने निष्कर्षमा पुग्नेहरू राजनीतिबाटै अलग भइसकेका छन्। सोभियत सङ्घमा व्यापक जनतामा आधारित समाज व्यवस्था कायम गर्न नसकेकोले त्यहाँ कायम भएको सोभियत मोडलको समाजवाद मात्र असफल भएको हो भन्ने नेकपा एमाले एकपछि अर्को गर्दै आफूलाई परिस्कृत गर्दै अगाडि बढिरहेको छ। यो सिङ्गो कम्युनिष्ट विचारको असफलता होइन भन्ने निष्कर्ष निकाल्ने एमाले जनताको बहुदलीय जनवादलाई अगाडि सारेर जनताको विश्वासबाट शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा पहलकदमीबाट जनताको राज्य व्यवस्था ल्याउन सकिने विश्वास राखेर आफूलाई पुनर्गठित गर्दै अगाडि बढिरहेको छ। जतिसुकै राम्रो विचार र कार्यक्रम भएतापनि जनतामा आधारित भएन भने यसको पतन अनिवार्य छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ। कुनै बेला चर्चामा रहेका कुनै बेला हालीमुहाली चलाएका दिल्लीका केजरीवालाहरू अन्तत शून्यमा झर्नुपर्ने अवस्थाको बारेमा जानकारी सबैलाई छ।

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास र विश्व कम्युनिस्ट आन्दोलनले खाएको धक्काबाट पाठ सिक्दै जननेता मदन भण्डारीले २१औौं शताब्दीको विशेषतामा आधारित वैज्ञानिक समाजवाद स्थापना र रक्षाको लागि जनताको बहुदलीयले जनवाद एउटा सशक्त मार्क्सवादी सिद्धान्तको रुपमा अगाडि सारेका हुन्। जनताको बहुदलीय जनवादको विश्व दृष्टिकोणत्मक र ऐतिहासिक भौतिकवाद यसको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनेवाद हो। द्वन्दात्मक र ऐतिहासिक भौतिकवाद संसारलाई बुझ्ने र यसलाई परिवर्तन गर्ने दर्शन हो। द्वन्दवाद संसारलाई बुझ्ने वैज्ञानिक पद्धति हो।

ऐतिहासिक भौतिकवाद मानव समाजको इतिहासलाई बुझ्ने पद्धति हो। नेपालको सन्दर्भमा जनताको बहुदलीयले जनवाद मार्क्सवाद लेलिनवादलाई नेपाली क्रान्तिमा सिर्जनात्मक प्रयोग गर्ने क्रममा मदन भण्डारीद्वारा प्रतिपादित विचार हो विश्व कम्युनिष्ट आन्दोलनमा अहिलेसम्म देखापरेका विचारमध्ये जनताको बहुदलीय जनवाद सबैभन्दा नयाँ र ऐतिहासिक महत्वको विचार हो। अझ नेकपा अझ नेपालको राष्ट्रिय राजनीति यही विचारको वरिपरि घुमिरहेको छ बहुदलीय प्रतिस्पर्धाको शासन प्रणालीलाई मार्क्सवादसम्मत ढङ्गबाट जनवाद र समाजवादमा अमूलन गर्ने विचार अगाडि सार्ने व्यक्ति कमरेड मदन भण्डारी हो। विश्व कम्युनिष्ट आन्दोलनमा बहुदलीय प्रतिस्पर्धा पुँजीवादीहरूको जनतालाई छक्काउने नाटक हो भन्ने मान्यता रहेको अवस्थामा यस्तो नीति लिनु आफैमा दुर्गामी महत्वको साहसिक र ऐतिहासिक कदम हो।

कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, राज्य संस्था राज्य संस्थाको लोकतान्त्रिकरण गर्ने सन्दर्भमा आफूलाई उभ्याएको छ। अनेक कोणबाट विरोध भएपनि यो मार्क्सवादसम्मत भएकै कारण यसका विरोधीहरू लडाईंको मैदानमा टिक्न सकेनन्। यससँग लडाई गर्न खोज्नेहरू लडाईको मैदानबाट भागिरहेका छन् जस्तोसुकै आँधी हुरी हुन्डरी आलोचना टिकट पनि र घेराबन्दी हुँदाखेरि पनि जनताको साथमा नेकपा एमाले सतिसाल झैँ उभिरहेको छ।

राजनीतिमा अरूलाई प्रश्न उठाउन सजिलो हुन्छ,तर आफूले त्यही काम गर्दा कार्यान्वयनको जिम्मेवारी लिन गाह्रो हुँदो रहेछ।नयाँ भनिएका दल र अहिले को सरकारको काम बाट पस्ट देखिएको छ । राजनीतिमा आरोप होइन, आचरण र अभ्यासले नै विश्वास निर्माण गर्छ।
राजनीतिक भनेको घृणा आक्रोश छलकपट बैमान आलोचना मात्र होइन।राजनीतिको लागि विचार सिद्धान्त निष्ठ समर्पण र संगठन आवश्यक पर्छ कि पर्दैन राजनीति भनेको ख्यालठट्टा होइन जनता र राष्ट्रपति इमान्दार भएर निरन्तर निरन्तर आवाज बुलन्दन गरिरहने विषय हो। राजनीति आलोचना प्रतिशोध र घृणाको विषय होइन। जनतालाई सचेत गर्ने संगठित गर्ने रूपान्तरण गर्ने जनता र राष्ट्र समर्पित हुने विषय हो।

लेखक ढकाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन।

  • २३ पुष २०८२, बुधबार प्रकाशित

  • Nabintech