कोहलपुर\प्याब्सन कोहलपुरको आयोजनामा भोली दीप प्रज्वलन गरिने भएको छ । ३५ औं प्याब्सन दिवसको अबसरमा भोली साझ ४ बजे कोहलपुर न्यूरोड चोकमा दीप प्रज्वलन कार्यक्रम गर्ने निर्णय गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी गराए ।
भोली नै प्याब्सन बाँकेको आयोजनामा प्याब्सनमा आवद्ध जिल्ला स्तरका सबै एक सय ६ भन्दा बढी विद्यालयहरुको सहभागितामा नेपालगञ्जमा विविन्न कार्यत्रलमको आयोजना गर्ने तयारी रहेको प्याब्सन बाँकेका सल्लाहकार दिनेश सिग्देलले जानकारी गराएका छन।
सिग्देलले जिल्ला स्तरमा हुने कार्यक्रममा शिक्षक ,विद्यार्थी विभिन्न संघसंस्था,समाजसेविलाई सम्मान गर्ने कार्यक्रम रहेको उल्लेख गरेका छन।
त्यसै गरी प्याब्सन कोहलपुरका सविच मित्रलाल वलीले दीप प्रज्वलन कार्यक्रममा सबै कोहलपुरका २८ विद्यालयहरुको सहभागिता रहेने उल्लेख गरेका छन।











