२४ पुष २०८२, बिहीबार

ऊर्जामन्त्री घिसिङले दिए राजीनामा
  • न्युज मानसराेवर

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले अहिले केहीबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपामा औपचारिकरूपले जोडिएपछि राजीनामा दिने सोचमा थिए ।

घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा भाग लिने योजनामा छन् । काठमाडौं ३ बाट उम्मेदवारी दिने उनको तयारी छ । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिने घिसिङले बताउँदै आएका थिए ।

  • २३ पुष २०८२, बुधबार प्रकाशित

  • Nabintech