कोहलपुर\नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कपिलवस्तुका कांग्रेस नेता वीरेन्द्र कुमार कनौडियाले पार्टी फुट्ने अवस्था आएको भन्दै हस्ताक्षर फिर्ता लिएका छन् ।
विशेष महाधिवेशन आह्वान गर्दै देशभर पार्टीभित्र चलिरहेको बेला हस्ताक्षर गरेका कनौडियाले हालै आफ्नो हस्ताक्षर फिर्ता लिएको पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई सम्बोधन गर्दै जनाएका हुन् । हस्ताक्षर फिर्ता लिएपछि कनौडियाले आफ्नो कुनै स्वार्थ नभएको, विशेष महाधिवेशन गर्दा पार्टी फुट्ने सम्भावना रहेको र कार्यकर्ताको चाहनाअनुसार हस्ताक्षर फिर्ता लिएको प्रतिक्रिया दिएका छन्










