९ माघ २०८२, बिहीबार

फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दोहोरिए दीपेन्द्र कुँवर
  • न्युज मानसराेवर

बाँके\स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकोन) लुम्बिनी प्रदेशको अध्यक्षमा दीपेन्द्र कुँवर निर्वाचित भएका छन् । फेकोन लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिवेशनबाट कुँवर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

नेपालगञ्जमा भएको दोस्रो साधारणसभा तथा अधिवेशनले उनीसहित नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष विनोद बास्तोला, सचिव एसपी बुढा, कोषाध्यक्ष विवेक लम्साल छन् ।

सदस्यहरुमा  अर्जुन केसी, विजय छिनाल, कलेन्द्र बुढाथोकी, सन्तोष बस्नेत र तोरन खाम्छा चयन भएका छन् । यस्तै सल्लाहकार समितिको संयोजकमा कुलदीप शर्मा, सदस्य रोनिश गौतम र ओमप्रकाश रिजाल चयन भएका छन् ।

अधिवेशनमा शैक्षिक परामर्श क्षेत्रमा देखिएका चुनौतीहरु एनओसी, धरौटी, विद्यार्थी सुरक्षा जस्ता विषयमा छलफल भएको थियो । फेकोनका नवनिर्वाचित अध्यक्ष कुँवरले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्याको समाधान र व्यवसायिक मर्यादा अभिवृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

  • २५ पुष २०८२, शुक्रबार प्रकाशित

  • Nabintech