१ माघ २०८२, बुधबार

गगन, विश्व र फरमुल्लाहलाई कारबाही गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको छ ।बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको गरेको हो ।

गगनलाई साधारण सदस्य समेत नरहनेगरि तथा विश्व र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकले विशेष महाधिवेशनमा भेलामा रहेका सम्पूर्ण नेताहरूलाई आफ्नो जिम्मेवारी फर्कन अपील समेत गरेको ती नेताले जानकारी दिए ।

साेनपामा केन्द्रीय समिति बैठक चलिरहँदा भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । महामन्त्रीद्वय गगन र विश्वको अगुवाइमा भएको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेको छ ।केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन पक्षधर नेताहरू भने सहभागी भएका थिएनन् ।गगनलाई साधारण सदस्य समेत नरहनेगरि तथा विश्व र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकले विशेष महाधिवेशनमा भेलामा रहेका सम्पूर्ण नेताहरूलाई आफ्नो जिम्मेवारी फर्कन अपील समेत गरेको ती नेताले जानकारी दिए । साेनपामा केन्द्रीय समिति बैठक चलिरहँदा भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । महामन्त्रीद्वय गगन र विश्वको अगुवाइमा भएको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेको छ ।  केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन पक्षधर नेताहरू भने सहभागी भएका थिएनन् ।

  • १ माघ २०८२, बुधबार प्रकाशित

  • Nabintech