बाँके\नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा आफ्ना उम्मेदवारहरू करिब तय गरिसकेको छ। केही क्षेत्रमा भने रणनीतिक कारणले नाम थाती राखिएको बताइएको छ।
लुम्बिनी प्रदेशका केही महत्वपूर्ण क्षेत्रहरूमा भने एमालेले अझै उम्मेदवार घोषणा गरेको छैन। उपमहासचिव भट्टका अनुसार रुपन्देहीका क्षेत्र नं. १ र २, कपिलवस्तुको क्षेत्र नं. २, दाङका क्षेत्र नं. १ र २ तथा बाँकेको क्षेत्र नं. २ मा उम्मेदवारको नाम अझै टुंगिन बाँकी छ। यी क्षेत्रहरूको अन्तिम निर्णय गर्ने जिम्मा सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।











