१० माघ २०८२, शुक्रबार

तक्षशिला एकेडेमीले सम्पन्न गर्यो नि:शुल्क स्वास्थ्य शिविर
  • न्युज मानसराेवर

कोहलपुर\ बाँकेको कोहलपुर नगरपालिका–१० मा अवस्थित तक्षशिला एकेडेमीले विद्यालयले समाजप्रति उत्तरदायित्व वहन गर्दै नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।विद्यालयले आज आफ्नै विद्यालय प्राङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।विद्यालयले प्रशासन शाखाले  सामाजिक उत्तरदायित्व अन्तर्गत  केयर सिटि हस्पिटल नेपालगन्जका अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका  थिए । स्त्री तथा प्रसूति एवं ल्याप्रोस्कोपी सर्जन डा. राजन महत, कन्सल्टेन्सी फिजिसियन डा. उज्ज्वल आचार्य, नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. विष्णु कुमार थापा र ग्यास्ट्रो तथा हेपाटो–बिलिएरी सर्जन डा. सुदीप रेग्मीको टोलीले बालरोग, स्त्रीरोग तथा सामान्य स्वास्थ्य समस्याको जाँच तथा परामर्श प्रदान गरिएको  विद्यालयका अध्यक्ष विष्णु वेल्वासेले बताएका छन।

निस्शुल्क स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारण तथा अभिभावक गरी ६ सय भन्दा  बढीले स्वास्थ्य परीक्षणबाट लाभ लिइएका छन।

  • ८ माघ २०८२, बुधबार प्रकाशित

  • Nabintech