१४ माघ २०८२, मंगलवार

लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । उनीहरुले गठबन्धन गरेका थिए ।उनले  ६ हजार ३२२ मत  प्राप्त गर्दा  विकले १ हजार ६०१ मत प्राप्त गरेका छन् । खुलाबाट केसी निर्वाचित भएका छन् । केसी ५९७७ मत भार प्राप्त गरी विजयी भएका हुन् ।

आइतबार सम्पन्न निर्वाचनमा खुलातर्फ कांग्रेसका चन्द्रबहादुर केसी, महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अपाङ्गता अशक्ततर्फ कांग्रेसका वासुदेव घिमिरे (जङ्गली) विजयी भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

निर्वाचनमा घिमिरेले नेकपाका उम्मेदवार सर्जन विकलाई  पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका बृहस्पति अधिकारीले १८३२ मत भार प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाको तर्फबाट खुला समूहमा बमबहादुर खत्री पनि चुनावी मैदानमा उत्रिएका थिए । यस्तै गुल्मीकी रामकुमार झाँक्री पनि निर्वाचित भएकी छिन् । झाँक्रीले ६३०३  मत भार प्राप्त गरी विजयी भएकी हुन् । झाँक्रीकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १३६२ मत भार प्राप्त गरेकी थिइन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुनावी मैदानमा होमिएकी थिइन् ।निर्वाचनमा कुल ३०० मतदाता रहेकामा २८६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहेका थिए ।लुम्बिनी प्रदेशबाट हाल नेकपा एमालेका गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे तथा नेकपा (माओवादी केन्द्र)का जगप्रसाद शर्मा ‘अपार’ राष्ट्रियसभा सदस्य रहेका छन् । उनीहरूको पदावधि आउँदो फागुन २० गते सकिँदै छ ।

  • १२ माघ २०८२, आईतवार प्रकाशित

  • Nabintech