१६ माघ २०८२, बिहीबार

प्याब्सन कोहलपुरको अयोजनामा एक दिने कार्यशाला गोष्ठि सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर\ याब्सन कोहलपुरको आयोजनामा एक दिने कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ ।गुणस्तरीय शिक्षाका लागि सबल र सक्षम शिक्षिका उद्पादनको उदेश्यले एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए ।

संगम बुक पब्लिकेशनको प्राविधि तथा आर्थिक सहयोगमा उक्त एक दिने शिक्षक तालिम दिइएको हो ।

संगम बुक पब्लिकेशनका प्रवन्ध निर्देशक ए पि सापकोटाका अनुसार कोहलपुर शैक्षिक हब भएका कारणले पब्लिकेशनका मार्फत उद्पादन गरिएका बुकहरुको बजारीकरण तथा शिक्षकहरुको सिकाइ सुधार गर्ने उदेश्यले प्याब्सन कोहलपुरसँग सहजीकरण गरिएको बताए ।

कार्यक्रममा प्याब्सन बाँकेका सल्लाहकार दिनेश सिग्देलले नीजि शैक्षिक संस्थाहरुले रोजगारी सँगै उहाँहरुको शिक्षिका हरुको सैक्षिक ज्ञानमा कार्यशाला गोष्ठिले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्याब्सनमा आवद्ध २८ वटा विद्यालयको करिब ५५ जना शिक्षिकाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण रेखा शाही हमालले गरेकी थिइन ।

कार्यक्रममा प्याब्स्न कोहलपुरका पदाधिकारी जिल्ला उपाध्यक्ष जिल्ला सदस्य हरुको सहभागितामा सहभागिहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले जानकारी गराएका थिए ।

  • १६ माघ २०८२, बिहीबार प्रकाशित

  • Nabintech