१९ माघ २०८२, आईतवार

समाज स्वर्गिय चाचाको छैठौँ स्मृति दिवसमा दीप प्रज्वलन
  • न्युज मानसराेवर

बाँके\ नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंंघ बाँकेका पुर्वअध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्त ‘चाचा’ छैठौं स्मृति दिवसका अवसरमा बिहीबार बेलुकी नेपालगन्जमा दीप प्रज्वलन गरिएको छ । युनियन बाँकेको आयोजनामा त्रिभुवन चोक पुर्वलाईनमा रहेको रानी तलाउको चोकमा दीप प्रज्वलन गरिएको हो । स्वर्गिय गुप्तको निवास अगाडी रहेको उक्त चोकमा दीप प्रज्वलन गरिएको थियो ।

सो क्रममा प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पन्नालाल गुप्त स्मृति प्रतिष्ठान नेपालगन्जका अध्यक्ष एवम् नेपालगन्जका पुर्वमेयर विजयकुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका केन्द्रिय सदस्य मोहम्मद आरिफ अन्सारी, अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, युनियनकर्मी, स्वर्गिय गुप्तका परिवारका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । युनियनले गतवर्ष पनि उक्त स्थानमा दीप प्रज्वलन गरेको थियो ।

  • १७ माघ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech