१९ माघ २०८२, आईतवार

बढ्यो डिजेल र मट्टितेलको मूल्य
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले बढेको हो ।पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रूपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको जनाएको छ ।  आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रूपैयाँ र ग्याँसमा प्रतिसिलिन्डर ४५.४१ रूपैयाँले मूल्य बढेर आए पनि निगमले यसमा कुनै फेरबदल नगरेको जनाएको छ ।

‘इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रू. ०।१२, डिजेलमा रू. ४।६६ र एलपी ग्यासमा सिलिन्डर रू. ४५।४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रू. १०८ ले घटेर आएको छ’, निगमले भनेको छ ।

  • १८ माघ २०८२, शनिबार प्रकाशित

  • Nabintech