१९ माघ २०८२, आईतवार

पिटरलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार हस्तान्तरण
  • न्युज मानसराेवर

बाँके\ वरिष्ठ वामपन्थी लेखक, पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार नेपालगन्जमा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०८२ हस्तान्तरण गरिएको छ ।

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार पिटरलाई प्रदान गरिएको सो पुरस्कार लिन उहाँ संघीय राजधानी काठमाडौं पुग्न नसक्नु भएको हुँदा प्रेस सेन्टर नेपालको बाँके शाखाले शनिबार यहाँ एक कार्यक्रमको आयोजना गरि सो पुरस्कार हस्तारन्तरण गरेको हो ।

पिटरलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मानबहादुर बिकलगायतले संयुक्त रुपमा ३० हजार रुपियाँको चेकसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।

  • १८ माघ २०८२, शनिबार प्रकाशित

  • Nabintech