२७ माघ २०८२, सोमबार

शीतलहर र हुस्सुले नेपालगन्जको हवाई उडान अवरुद्ध
  • न्युज मानसराेवर

बाँके\केही दिनयता  पुनः सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् ।शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुग्दा दिउँसो २:३० बजेसम्म कुनै पनि हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जले जनाएको छ ।

नेपालगन्ज विमानस्थलको टावरका अनुसार जहाज उडाउन (टेक अफ) एक हजार र अवतरण (ल्यान्डिङ) का लागि एक हजार ६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । शनिबार बिहानैदेखि भिजिबिलिटी निकै कम भएकाले दिउँसो साढे दुई बजेसम्म उडान ठप्प भएको हो ।

आवश्यक भिजिबिलिटी पुगेपछि विमानस्थल खुलेको र त्यसपछि मात्र उडान सुरु हुने टावरले जनाएको छ । बिहानैदेखि उडान नहुँदा सयौँ यात्रु विमानस्थलमा उडानको प्रतीक्षामा रहेको विभिन्न एयरलाइन्सले जनाएका छन् ।

 

  • २५ माघ २०८२, शनिबार प्रकाशित

  • Nabintech