२७ माघ २०८२, सोमबार

नेपाल लोकतान्त्रिक थारु संघको क्षेत्रीय भेला तथा अभिमुखीकरण सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर/नेपाल लोकतान्त्रिक थारु संघको क्षेत्रीय भेला तथा अभिमुखीकरण कार्यक्रम नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ को आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रममा थारु समुदायको राजनीतिक सहभागिता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालले थारु समुदायलाई एमालेको संगठनात्मक मेरुदण्डको रूपमा उल्लेख गर्दै लोकतन्त्र, समावेशिता र विकासका लागि एमाले प्रतिबद्ध रहेको बताए ।

उनले थारु समुदायको हकहित, पहिचान र अधिकार सुनिश्चित गर्न एमालेले सदैव प्राथमिकताका साथ काम गर्दै आएको दाबी समेत गरेका छन् ।

“देशको समृद्धि र सामाजिक न्याय बिना लोकतन्त्र पूर्ण हुँदैन,” ढकालले भने, “थारु समुदायको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि एमालेले ठोस नीति र कार्यक्रम अघि सारेको छ”। उनले आगामी दिनमा जनताको विश्वास जित्ने गरी विकास निर्माण, रोजगारी र सुशासनका मुद्दामा आफू दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

ढकालले संगठनका नेता–कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान आग्रह गर्दै आगामी निर्वाचनमा बलियो जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले थारु समुदायको सक्रिय सहभागिताले पार्टीलाई थप मजबुत बनाउने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा नेपाल लोकतान्त्रिक थारु संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • २६ माघ २०८२, आईतवार प्रकाशित

  • Nabintech