कोहलपुर \नेकपा एमाले कोहलपुर नगर कमिटीको आयोजनामा जनसंवाद कार्यक्रम गरेको छ ।
जनसंवाद कोहलपुर वडा नं६ मा आयोजना गरिएको थियो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेले जनसंवाद गरेको हो ।राजनिति प्रतिशोधको विरोधमा जनसंवाद गरेको हो ।
जनसंवादमा एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।जनसंवादमा बोल्दै एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले अहिलेको सरकारले प्रतिशोधपूर्ण देशभत्त, नेतालाई नियन्त्रामा लिएको बताए । उनले तत्काल एमाले अध्यक्ष राष्टवादी नेतालाई तत्काल रिहा गर्न माग समेत गरेका थिए । यस्ता जनसंवाद बाँकेका ८१ वटै वडाहरुमा संचालन गरिने समेत उल्लेख गरे ।











