बाँके\डिभिजन कार्यालय कोहलपुरका अधिकृत कृष्ण विष्टले रैथाने खाना तथा परम्परागत परिकारबाट पनि पर्यटन प्रवर्धन गर्न सकिने बताउँदै त्यसको व्यावसायिक र बजारीकरण गर्दै जाँदा त्यसबाट दीगो आर्थिक उपार्जन पनि गर्न सकिनेमा जोड दिनुभएको छ ।
सोही कार्यालयका खाद्य अनुसन्धान अधिकृत पदम बरालले रैथाने खानाको स्वच्छता, त्यसको स्वास्थ र प्याकेजिङका बारेमा सहभागीहरूलाई जानकारी गराएका छन।
पर्यटन डिभिजन कार्यालय कोहलपुरले आर्थिक तथा प्राविधिक सहयोग दङ्गीशरण-३, चखौरास्थित थारू सांस्कृतिक संरक्षण केन्द्रमा तीन दिने रैथाने खाना प्रवर्धन तालिम सुरु भएको छ। सोमबारदेखि सुरु भएको तालिममा दाङका विशेषगरी थारू समुदायका महिलाहरूको सहभागिता छ। पछिल्लो समयमा आदिवासी थारूहरूको रैथाने खानेकुरा तथा परिकारहरू मासिँदै जान थालेपछि त्यसको संरक्षण तथा प्रवर्धनका लागि केन्द्रले उक्त तालिम आयोजना गरेको हो। यो तालिममा करिब ३५ जना थारू समुदायका महिलाहरू सहभागी छन्।
बुधबार हुने समापनका अवसरमा थारू सांस्कृतिक केन्द्रद्वारा सञ्चालित थारू सांस्कृतिक संग्रहालय परिसरमै सहभागीहरूले बनाएका परिकारहरू प्रदर्शनी तथा त्यसको परीक्षणसमेत हुने छ। त्यस अवसरमा जिल्लास्थिति उच्च अधिकारी तथा अन्य व्यक्तिहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।










