बाँके : सुन्दा पनि अचम्म र अनौठो लाग्न सक्छ । नागरिकको सुरक्षाको प्रत्याभुतिका लागि कसम खाएर सरकारी सिन्दुर पहिरिएका पुलिस नै लुटेराको रूपमा देखिएपछि कसको के लाग्छ ।
आमनागरिकको जिउधनको सुरक्षाको जिममेवारी पुलिसको हो । तर, यतिबेला पुलिस नै लुटेरा, तस्कर, दलालको रूप धारण गर्दै नागरिकलाई सास्ती दिने काममा निकै सक्रिय देखिन थालेका थुप्रै उदाहरण भेटिएका छन ।
यतिबेला देशभरमै प्रहरी बदनाम भैरहेको छ । रौतहटदेखि बाँकेसम्मका दर्जन काण्डले पुलिसमा बदनामीको सिमा नाघेको देखिएको छ ।
बाँकेमा पुलिसले तस्करीदेखि दलालीसम्मलाई मात्रै होइन क्यासिनोमा जुवा खेलाउने सम्मको गतिविधीमा सेटिङ गर्दै आएको खुलेको छ ।
दर्जनबढी घटनामा असफल देखिएको र पछिल्लो समय गौहत्यादेखि क्यासिनोमा सेटिङ्गसम्मको आरोप खेपिरहेको एसपी श्यामकृष्ण अधिकारी नेतृत्वको बाँके पुलिस लुटेराको रूपमा प्रस्तुत भएको पनि अर्को आरोप खेप्न बाध्य भएको छ ।
बाँके पुलिसले क्यान्सर पीडितको नाममा संकलन भएको रकम समेत लुटेराशैलीमा नियन्त्रणमा लिएर गायब बनाएको खुलेको छ ।
सुदुरपश्चिमको प्रदेशको भिमदत्त नगरपालिकाका ४ बर्षिय क्यान्सर पीडित वालक सुमन कामीको उपचारका लागि संकलन गरिएको रकम बाँके लुटेराकोशैलीमा नियन्त्रणमा लिएर फिर्ता नदिएको खुलेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले क्यान्स पीडित ती वालकको उपचारमा सहयोग होस भन्ने उद्देश्यले उपलब्ध गराएको उक्त रकम बाँके पुलिसले लगेको क्यान्सर पीडित सुमनकी आमा मधु कामीले खुलासा गरेकी हुन ।
क्यान्सर पीडित आफनो छोरोको उपचारका लागि १० लाख रूपैयाँ लाग्ने भनि अस्पतलाले भनेपछि सहयोगको खोजीमा शहर बजार भौतारिएकी मधु र उनका आफन्त नेपालगन्जमा आएका थिए ।
नेपालगन्जमा आएर बुधबार उपमहानगरपालिकामा गई सहयोग पाएपछि बजारमा हिडेको र धम्बोझीका एक पसलले क्यान्सर पीडितका नाममा अबैध असुली गरिरहेको भन्दै पुलिसलाई खबर गरेपछि पुलिसले कुरै नबुझि रकम संकलन अभियानमा रहेका ५ जनालाई नै नियन्त्रणमा लिएको थियो ।
अभियानकर्तालाई नियन्त्रणमा लिएर तीन घण्टासम्म प्रहरीमा राखेको र उपमेयर थापाले दिएको रकम पुलिसले नै लगि फिर्ता नगरेको अभियानका संयोजक चन्द्रा खड्का बताउँछिन ।
उनका अनुसार आफुहरूसँग बुधबार ८ हजार संकलन भएको थियो । जसमा तीन हजार प्रहरीले फिर्ता दिएपनि उपमेयरले दिएको ५ हजार फिर्ता दिएन ।
उक्त रकम फिर्ता माग्दा बाँके प्रहरीले यो अबैद्य संकलन भएकाले सो रकम उपमेयरलाई नै फिर्ता गरिदिने बताएको उनीहरूले जानकारी दिए ।
क्यान्सर पीडित विरामीका लागि आर्थिक अभाव देखिएपछि भीमदत्त नगरपालिका सम्बन्धीत वडा, कन्चनपुर प्रशासन लगायतका निकायले उपचार खर्च संकलनका लागि पत्र समेत दिएका छन । तर, पनि बाँके पुलिसले उपचारका लागि संकलित रकम नै गायब बनाएको पीडितको गुनासो छ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गरार्यरहेको ती वालकको आर्थिक अभावले ज्यान जोखिममा देखिएको छ ।
क्यान्सर पीडितकै लागि संकलन गरेको रकम गायब बनाएको आरोप खेपिरहेको बाँके पुलिसले भने उक्त काम गैरकानूनी भएको उजुरीका आधारमा अभियानकर्तालाई नियन्त्रणमा लिएको बताएको छ ।
नियन्त्रणमा लिएकालाई बुधबार नै छाडिएको र उपमेयरले उपलब्ध गराएको रकम उपमेयरलाई नै फिर्ता गरिने भएको प्रतिक्रिया दिएको छ । यद्दपी यो समाचार तयारपार्दासम्म बाँके पुलिसले लिएको क्यान्सर पीडितको ५ हजार उपमेयरलाई बुझाएको वा नबुझाएको केही जानकारी छैन । उपमेयर उमा थापासँग यस बिषयमा बुझन खोज्दा बिहीबार यो समाचार तयार पार्दासम्म उनीसँग सम्पर्क हुन सकेन । ई सेताेखरि बाट सााभार