२ माघ २०८१, बुधबार

बाँकेका स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम
  • न्युज मानसराेवर

बाँके- बाँकेको नेपालगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीलाई  सर्पदंश उपचारसम्बन्धी तालिम दिइएको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा फेरमेडको सहयोगमा भेरी अस्पताल परिसरमा सञ्चालन गरिएको तालिममा २० जना सहभागी रहेको भेरी अस्पतालका एनेस्थेसिया विभागका डा. पारस पाण्डेले जानकारी दिए।

वर्षातमा तराईका जिल्लामा सर्पदंशका घटना हुने भएकाले उपचारमा सहज होस् भनेर तालिम प्रदान गरिएको उनले बताए। सर्पदंशबाट कसरी बच्ने, डसिहालेमा कसरी प्राथिमक उपचार गराउने र स्वास्थ्य स‌ंस्था  पुर्‍याउने भनेर प्रशिक्षण दिइएको छ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech