बाँके। नेपाल प्रहरीले आफ्नो ६६ औ प्रहरी दिवस बाँकेमा पनि मनाएको छ । बुधबार (आज) बाँकेसहित देशभर ६६ औ प्रहरी दिवस मनाउदै छ । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा कार्यालय परिसरमा कार्यक्रम गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेना राँझा ब्यारेकका प्रमुख, सशस्त्र प्रहरीका एसपी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क., नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी लगायत अतिथी एवम भुतपुर्ब प्रहरी, सहिद परिवार लगायतको उपस्थिति रहेको छ।













