अब मुलुकमा मुख्य गरी दुई प्रकारका प्रवृति र शक्ति देखा पर्नेछन्। एउटा राष्ट्रिय पुँजी र उत्पादन शक्तिको विकास गरी समाजवादका आधारमा निर्माण गर्न चाहाने शक्ति यसको नेतृत्व एमालेले गर्ने छ र अर्काे दलाल नोकरशाहीको चरित्रको छाडा पुजीँबाद विकास गर्न चाहने शक्ति त्यसको नेतृत्व पाँच दलको गठबन्दनले गर्ने छ । अबको लडाइ यी दुई शक्तिका बीच केन्द्रित हुनेछ। यथास्थितिवादी एवं प्रतिगामी चरित्रका शक्ति छाडा पुँजीवादको पक्षमा उभिनेछ ।
प्रगतिशील एवं क्रान्तिकारी शक्ति राष्ट्रिय पँजी र उत्पादक शक्तिको विकास गरी समाजवाको आधार निर्माण गर्ने पक्षमा उभिनेछन्। कम्युनिस्ट आन्दोलन भित्र पनि एकतातर्फ समाजमा आएको परिवर्तनलाई ठिक ढंगले बुझ्न र विश्लेषण गर्न नसकी पुरानै अडानमा रहने दक्षिणपन्थी जडसुत्रवादी प्रवृत्ति र अर्को तर्फ परिवर्तलाई अतिरन्जनपृर्ण ढंगले बुझ्ने र अब एकैचोटी समाजवादमा फड्को मार्न सकिन्छ भनी विश्लेषण गर्ने उग्रवामपन्थी प्रवृत्ति पनि देखापर्न सक्छन।
नेकपा एमालेसंग जनताको बहुदलिय जनवाद जननेता मदन भण्डारी द्धारा पाँचौँ महाधिवेशनवाट पारित कार्यक्रम छैटौमा विचार, सातौ र आठौमा सिद्धान्त र नवौमा मार्गदर्श सिद्धान्तको रुपमाा स्वविर्काय गरिएको क्रान्तिकारी विचार र चुस्त संगठानिक सन्जाल छ ‘ त्यसको नेतृत्व केपी ओलीले गरेका छन।
जनताको बहुदलिय जनवादको विश्वदृष्टिको द्धन्द्धात्मक र एतिहासिक भौतिकवाद हो यसको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो। द्धन्द्धात्मक र ऐतिहासिक भौतिकवाद संसारलाई बुझन र परिर्वतन गर्न दर्शन माक्र्सवाद हो । जनताको बहुदलिय जनवाद नेपालको सन्र्दभमा माक्र्सवाका विचारलाई संवृद्ध गर्न विचार हो।
माक्र्सवादी सिद्धान्त को वर्गिय पक्षधर सर्वहारा वगीय पक्षयधर हो । जनताको वहुदलिय जनवादको वर्गिय पक्षधरता पनि सर्वहारा वर्ग हो । सर्वहारा वर्गले मात्र राजनीतिक क्रान्तिमार्पmत सत्ता प्राप्त गरेर समाजवाद लागु गरेर साम्यवाद तर्फ डोराउन सक्दछ भन्ने मान्यता राख्दछ । त्यसकारण माक्र्सवादी सिद्धान्तलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्त मानिएको हो ।
२० औ शताव्दीमा माक्र्सको पालाको स्वतन्त्र पुजिवाद साम्राज्यवादमा विकसित भयो त्यसपछि समाज विकासको अवस्थालाई आत्मसाथ गर्दै कार्यनिति र रणनिति तयार गर्न काम लेनिनले गरेका कारण लेनिनको विचारको नामकरण लेनिनवाद गरियो त्यसपछि संसारका धेरै देशमा माक्र्सवाद लेनिनवादको मार्गदशर्क नाममा राजनितिक क्रान्ति भए जुन जुन देशमा सम्पन्न क्रान्तिहरुले आफना आफना देशको ठोस परिस्थिअनुसार अरु थप विचारधारात्मक निष्कर्ष निकालेर माक्र्सवाद लेनिनवाद संवृद्ध गर्न काम गर्दै आए ।
जनताको वहुदलिय जनवाद नेपालको ठोस परिस्थितिमा माक्र्सवादको प्रयोगको सिद्धान्तका रुपमा विकसित भएको हो । पुजिपति वर्गको नेतृत्वमा स्थापित पुजिवादी व्यवस्थामा विकसित बहुदलीय प्रतिस्पर्धाको शासन प्रणलीलाई सर्वहारा वर्गको नेतृत्वमा स्थापित गरिने जनवादी व्यवस्था र समाजवादी व्यवस्थामा पनि लागु गर्न विचारको नाम हो जनताको बहुदलिय जनवाद ।
जनताको जनवादी व्यवस्थालाई कतै नयां जनवाद कतै राष्ट्रिय जनवाद र हाम्रो देशमा जनताको बहुदलीय जनवाद नामकरण गरिएको हो । यसको मूख्य विशेषता सर्वहारा वर्गको नेतृत्व र पुजिवादी जनवादी व्यवस्था स्थापना गर्नु हो ।
। १९१७ मा सम्पन्न समाजवादी क्रान्ति पछि विश्वसमाजवादी व्यवस्था कायम भएका चिन,,भियतनाम, कोरिया र क्युवामा बहुदलिय प्रतिस्प्रर्धाको शासनप्रणली छैन बहुदलिय प्रतिस्पर्धाको शासन प्रणलीलाई जनवाद र समाजवादमा पनि अबलम्वन गर्न विचार अगाडी सार्न नेकपा एमाले ससारकै पहिलो पाटी हो ।
१९ औ शताव्दीका धारण र बिसौ शताव्दीका अनुभव तथा सिद्धान्तहरुवाट बनेका पुराना डुडगा लिएर २१ औ शताव्दीको साम्राज्यवादको प्रसान्त माहासागर तर्न नसकिने विचार मदन मण्डारीले अगाडी सार्न काम गर्नु भयो ।विश्व कम्युनिष्ट आन्दोलनमा बहुदलिय प्रतिस्प्रर्धा पुजिवादीहरुको जनता छक्काउने नाटक हो भन्ने मान्यता रहेको अवस्थामाा यस्तो निति अबलम्वन गर्नु आफैमा दुरगामी महत्वको साहासीक र एैतिहासिक काम थियो ।
कुनै पनि वस्तुको रुप र सार पक्ष भए झै राज्य सत्ताको पनि रुप र सार हुन्छ ।राजनीति वर्गीय दृष्टिकोण र वर्गिय स्वार्थको केन्द्रिय अझिव्यmति हो राज्य एउटा वर्गले आर्को वर्गलाई वा केही वर्गले केही वर्गलाई नियन्त्रणमा राख्ने साधन हो तर त्यो कलात्मक हुनुपर्छ नाङ्गगो होइन । समाजमा वर्गहरु रहेसम्म बिधमान वर्गहरुको भिन्नाभिन्ना राजनीति हुन स्वभाविक हो त्यसकारण वर्गिय समाजमा वर्गीय दृष्टिकोण र राजनीति हुन्छ अझै एउटै वर्गमा पनि राजनिति विविधिता हुन्छ माक्र्सवादको दृष्टिकोण र दर्शनले द्धन्दात्मक भौतिकवाद हो ।
प्रत्येक वस्तु घटना वा विचारमा दन्दात्मक अन्तर सम्बन्धहरु रहेको कुरा माक्र्सवादले स्विर्काय गर्दछ ।एउटा जनताको जनवादी व्यवस्थामा पनि अर्थतन्त्र, सस्कृतिक र समाजभित्र अनिवार्य दन्द हुन्छ द्धन्द सार्वभौम नियाम नै हो यो कुरा साचो हो भने राजनितिमा हुने द्धन्दलाई जनताको वहुदलीय जनवादले स्वविकार्य गरेको छ ।
एउटा जनताको जनवादी व्यवस्थामा पनि अर्थतन्त्र, सस्कृतिक र समाजभित्र अनिवार्य दन्द हुन्छ द्धन्द सार्वभौम नियाम नै हो यो कुरा साचो हो भने राजनितिमा हुने द्धन्दलाई जनताको वहुदलीय जनवादले स्वविकार्य गरेको छ ।कुनै पनि वस्तुको प्रत्रियामा नवोदित कुराले पुरानोलाई विस्थापति नगरि वलात निषेध गर्न द्धन्दवादको सार्वभौम नियाम विपरित हुन्छ भन्छ ।
बहुदलीय जनवादले हिसाको मुकाविला शान्ति षडयन्त्रको मुकाविला सोझोपनले र धालीको मुककावीला सज्जनताले हुदैन जस्तालाई त्यस्तै जवाफ सगठित गर्नु पर्छ भन्ने मान्यता बोकेको छ । ।राज्यसत्ता वगिय चरित्र सार हुन्छ भने शासन प्राणली रुप हुन्छ ।बहुदलीय प्रतिस्प्रर्धाको शासन प्राणली सार नै रुप हो जनवादी र समाजवादी व्यवस्थामा पनि प्रयोग गर्दा यसले सर्वहारा श्रमजिवि वर्गको सेवा गर्नसक्छ ।
पुजीँबादी संसदको वर्गचरित्र प्रतिक्रियावादी हुन्छ ।त्यसको विरोध गर्नु पर्छ ,ससदको रुप जनपक्ष हुन्छ त्यसको प्रयोग गर्नु पर्छ । बदलियको विश्व परिस्थतिमा बहुदलीय स्वस्पबाट क्रान्तीकारी सारको रक्षा र विकास गर्न काम नै जनताको वहुदलीय जनवाद हो । अब जनताको वहुदलीय जनवाद केवल शासन प्रणली मात्र सिमिति छैन । जनताको वहुदलीय जनवाद विश्व कम्युनिष्ट आन्दोलनको एक सफल क्रान्तीकारी लोकतान्त्रीक धारको रुपमा विकसित भएको छ । कुनै पनि विचार क्रान्तीकारी सिद्धान्त हो होइन भनेर चिन्ने त्यसको अन्तर बस्तु क्रान्तीकारी छकि छैन । छभन्ने त्यो क्रान्तीकारी सिद्धान्त हो ।जनताको वहुदलीय जनवादले सामान्तवाद दलाल नोकरशाही पुजिवाद साम्राज्यवाद र प्रभुत्ववाद विरोधीका रुपमा प्रस्तुत गरेको छ सर्वहारा श्रमजिवि वर्गाीय पक्षमा रहेको घोषित रुपमै उल्लेख गरेको छ ।
अहिलेको नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य खतरा दक्षिणपन्थी अवसरवाद हो र उग्रवामपन्थी भडकाव हो यो भडकावको विरोधमा तिखो सघर्ष गरेर यसलाई पराजित गरेर मात्र जनताको बहुदलीय जनवादको क्रान्तिकारी सारको रक्षा र विकास गर्न सकिन्छ । जनताको बहुदलिय जनवादी सिद्धान्तलाई रक्षा र विकास गर्न कामअब हाम्रो हुने छ ।मुलुकको सक्रमण लाई छोटाउन समाजमा रहेका तमाम विभेद अन्याय अत्यचार समात्त गर्न समानतामुलक सममाज निमार्ण गर्न जनताको वहुदलीय जनवाद सफल हुनेछ ।
विजय दशमि दिपावाली छठ लगायत सम्पुर्ण नेपाली पर्वहरुले राष्ट्यि पुँजी र उत्पादन शक्तिको विकास गरी समाजवादका आधारमा निर्माण गर्न चाहाने शक्ति प्रधान होस यहि शुभकामना छ । ढकाल नेकपा एमाले (बाँके) का निवर्तमान अध्यक्ष समेत हुन।