२२ बैशाख २०८२, सोमबार

अविरल वर्षा अझै नरोकिने, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान
  • न्युज मानसराेवर

बाँके। अविरल वर्षाले देशका अधिकांश भागमा क्षति पुर्‍याइरहेको बेला अझै केही दिन वर्षा नरोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले १ नम्बर प्रदेशका थोरै तथा २ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका १–२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जनाइएको छ ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech