विश्वमा यसअघि प्लेग, सार्स, इबोला जस्ता रोगहरुको प्रकोपले महामारीको रुप लिएको थियो। एक क्षेत्रबाट अर्को क्षेत्रमा सहजै सर्ने वा ‘विस्फोट’को रुपमा देखिइ आम मानिसको जीवन अस्वस्थ भएर मृत्युदर बढ्दै जाने स्थितिलाई महामारी भनिन्छ। नागरिकको जनजीवनमा अप्ठारो अवस्थाको अनुभूति हुनु, जन–धनको क्षति हुनु र नियन्त्रण वा व्यवस्थापन गर्न कठिनाइ आउनु महामारीको संकेत हो।
यस्तो स्थितिमा उपचारको उचित व्यवस्थापन गर्न कठिनाइ हुने र स्वास्थ्य संकटको अवस्था पनि आउने हुन सक्छ। महामारीले धेरै क्षेत्रलाई असर पार्ने हुँदा काबुबाहिरको अवस्था सामना गर्नु पर्ने हुन्छ। मान्छेमा डर, त्रास र भय सिर्जना भइ मनोवैज्ञानिक असरहरु देखिन सक्छ।
विश्वमा यसअघि प्लेग, सार्स, इबोला जस्ता रोगहरुको प्रकोपले महामारीको रुप लिएको थियो। एक क्षेत्रबाट अर्को क्षेत्रमा सहजै सर्ने वा ‘विस्फोट’को रुपमा देखिइ आम मानिसको जीवन अस्वस्थ भएर मृत्युदर बढ्दै जाने स्थितिलाई महामारी भनिन्छ। नागरिकको जनजीवनमा अप्ठारो अवस्थाको अनुभूति हुनु, जन–धनको क्षति हुनु र नियन्त्रण वा व्यवस्थापन गर्न कठिनाइ आउनु महामारीको संकेत हो।
यस्तो स्थितिमा उपचारको उचित व्यवस्थापन गर्न कठिनाइ हुने र स्वास्थ्य संकटको अवस्था पनि आउने हुन सक्छ। महामारीले धेरै क्षेत्रलाई असर पार्ने हुँदा काबुबाहिरको अवस्था सामना गर्नु पर्ने हुन्छ। मान्छेमा डर, त्रास र भय सिर्जना भइ मनोवैज्ञानिक असरहरु देखिन सक्छ।
कोभिडको महामारीविरुद्धका असल अभ्यासका सूचना र संदेशहरु सामाजिक सन्जालमार्फत तुरुन्तै हेर्न सकिने र अरुलाई पठाउन सकिने हुँदा महामारीविरुद्ध प्रतिकार्य गर्न तथा मानिसको आनीबानीमा सुधार गर्न मद्दत गरेको अनुभूति भएको छ। कोभिडबारे आएका तथ्यपूर्ण सूचना र संदेशले बिरामीको मनोबल बढाएको उदाहरण पनि छन्।
अस्वस्थ अवस्थामा रोमान्टिक वातावरण बनाइ तनावमुक्त राख्न सामाजिक सन्जाल उपयोगी छ। विश्व समुदायमा कोभिडविरुद्धका ताजा खबरहरु सुन्न र देख्न पनि यसको प्रयोग भएको छ। बिरामी अवस्थामा कस्तो औषधि प्रयोग गर्ने, के खान हुने र नहुने, पालना गर्नु पर्ने नियम जस्ता सूचना प्राप्त गर्न सामाजिक सन्जालले सहयोग पुगेकै छ।
हुन त, सामाजिक सन्जालले विकृतिहरु फैलाएको आरोपहरु पनि छन्। कोभिड महामारीमा नकारात्मक सूचना र संदेश प्रवाह गरी मानिसमा तनाव फैलाएको, गलत सूचना र संदेश प्रवाह गरेको, विभिन्न अफवाह फैलाएको गुनासो छ। यस्तो अवस्था सामाजिक सन्जालको नियमनको कमजोरीका कारण भएको हो। नियमन गर्न कानूनको अभाव, नागरिकको न्यून जिम्मेवारी बोध, दण्ड र सजायको अवस्था कमजोर आदि कारणले सामाजिक सन्जालको फाइदा लिन नसकेको अवस्था छ। अर्कोतिर मानिसहरु नकारात्मक सूचना र संदेशमा भुल्न थालेको अनूभूति पनि भएको छ।
अर्कोतर्फ सामाजिक सन्जालको समाचार र सूचनाका विषयमा आधिकारिताको प्रश्न उठेको छ। सामाजिक सन्जाललाई दुरुपयोग गरी आफ्नो स्वार्थपूर्ति गर्ने काम भएका छन्। गलत समाचार, सूचना र संदेशले गर्दा सामाजिक विकृतिको अखडा सामाजिक सन्जाल भएको आरोप छ। कोभिड जस्तो महामारीमा मानिसका दुःखमा सहयोग र सद्भाव बढाउनु पर्नेमा झन् पीडाबोध गर्नु परेकोले सामाजिक सन्जालको महत्व घट्दै जाने अवस्था पनि हुन सक्छ। यसमा उचित कानुन र सरकारको नियमन आवश्यक हुन्छ।
कोभिड महामारीमा सामाजिक सन्जालबाट कसरी फाइदा लिने भन्ने विषय महत्वपूर्ण छ। सरकारका विभिन्न निकायमा रहेकाहरुले महामारीको बेला महत्वपूर्ण सूचना प्राप्त गर्ने, त्यसका आधारमा उपयुक्त योजना, रणनीति तय गर्ने, विश्वमा भएका सफल अभ्यासहरुको अनुकरण गर्ने, नागरिक जागरण ल्याउने, कोभिडविरुद्धका नयाँ खोज र अनुसन्धानबारे जानकारी राख्ने जस्ता विषयहरुमा सामाजिक सन्जालबाट सहयोग लिन सकिन्छ। सामाजिक सन्जालबाट लिएका सूचना स्वास्थ्य क्षेत्रको आफ्नो सन्जालमा तुरुन्त पुर्याउन र प्राप्त गर्न सकिन्छ। त्यसैले सामाजिक सन्जाल कोभिड माहामारीविरुद्धका कुशल व्यवस्थापनका अस्त्र हुन सक्छन्।
आमनागरिकले आफूलाई सबल बनाउन सामाजिक सन्जालका सूचना र संदेशहरुबाट राम्रा कुराहरु ग्रहण गर्ने र आनीबानीमा सुधार गरी कोभिड महामारीबाट जोगिने विषयमा सक्रियता देखाउनु पर्छ। एक आपसमा सहयोग र सद्भावले मानवताको दुःख र मर्मलाई कम गर्ने हुदाँ ती विषयमा समाजिक संजाललाई उपयोग गरी आपसी सहयोग बढाउन जोड दिनु पर्छ। महामारीमा प्रभावित बिरामीले सामाजिक सन्जालका सूचना र संदेशलाई पीडा कम गर्ने साधनका रुपमा लिई सोहीअनुसार आफूलाई सक्रिय बनाउनु आवश्यक छ। सामजिक संजालका नकारात्मक सूचना र संदेशबाट टाढा भने टाढै बस्नुपर्छ।
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुले कोभिड महामारीको जोखिमलाई कम गर्न एवं स्वास्थ्य संस्था र नागरिकबीचको असल सम्बन्ध कायम गर्न उपयुक्त सूचना र संदेशलाई ग्रहण गरी काम गर्ने तौर तरिकामा सुधार गर्दा राम्रो परिणाम आउन सक्छ। विश्वका स्वास्थ्य संस्थाहरुले कोभिडविरुद्ध गरेका असल अभ्यासहरुको सामाजिक सन्जालमा खोजी गर्ने र असल कामको अनुकरण गर्न सकिन्छ। राम्रा र अनुकरणीय काम सामाजिक संजालबाट प्रचार गर्ने बानी झनै राम्रो हो।
स्वास्थ्यसँग सम्बन्धित विभिन्न अन्तराष्ट्रिय संस्था तथा निकायले पनि आफ्ना सूचना सामाजिक सन्जालमार्फत फैलाउने गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीसम्बन्धी र अन्य सूचना फैलाउन फेसबुक, ट्विटरजस्ता सामाजिक सन्जालको प्रयोग गर्ने गरेको छ। नेपालकै सरकारी निकायले पनि अहिले बिस्तारै सामाजिक सन्जालको प्रयोग बढाएका छन्।
कोभिड महामारी एउटा आपतकालीन अवस्था हो। यस्तो स्थितिमा तनावले गर्दा महामारी व्यवस्थापन सीपमा कमजोरीहरु देखिन सक्छन्। आफ्नो सीप र क्षमताले काम गर्दा अपूरो र अपर्याप्तता हुन सक्छ। त्यसैले अरुले गरेका सफल अभ्यासहरुको अनुकरण गरी आफूलाई सक्षम र योग्य बनाउन सकिन्छ।
कोभिड महामारीको दोस्रो लहरपछि तस्रो लहर आउने अनुमान गरिएको छ। तेस्रो लहर झन् कठिन हुनसक्ने भन्दै वैज्ञानिकहरुले सचेत बनाइरहेका छन्। यस्तो स्थितिमा स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी सबैका लागि उपयोगी हुन्छन्। ती सुचना प्रचारको सबैभन्दा सजिलो माध्यम समाजिक सन्जाल हो।
कोभिडको तेस्रो र चौँथो लहरमा कोभिडको नयाँ भेरिएन्ट आउन सक्छ। त्यस्ता भेरिन्टबारेका जानकारी सामाजिक सन्जालबाट प्रचार गर्न सकिन्छ। तीबाट बच्ने उपाय पनि सिकाउन सकिन्छ। कोभिडको अबको लहरमा हुन सक्ने संक्रमण र त्यसको प्रतिकार्यका लागि संस्थागत र व्यक्तिगत सचेतता अपनाउन तथा राम्रो तयारी गर्न समाजिक संजालबाट सहयोग लिनै पर्छ।
कोभिडको वेभ कम भएता पनि यसको जोखिम कम गर्न सकिएको छैन। कोभिडविरुद्ध वास्तविक सूचनाहरुसँग मानव समुदाय नजिक रहनु पर्छ। आमनागरिकले पनि कोभिड महामारीजस्तो असहज परिस्थितिलाई सहज स्थितिमा ल्याउन सामाजिक सन्जालका राम्रा संदेश र सूचनालाइ ग्रहण गरी आफूलाई सबल बनाउन जोड दिनु पर्छ।नेपाल समयमा प्रकाशित