बाँके \रेडपाण्डा ओसार पसार मुद्दामा अदालतबाट सजाय तोकिएका फरार ब्यक्ति पक्राउ परेका छन् । बाँके बैजनाथा गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय नरबहादुर ओली पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई बाँके जिल्ला अदालतले २०७७ असोज २ गते ५ वर्ष ५ महिना १४ दिन कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।