६ जेष्ठ २०८२, सोमबार

मानव बेचविखनविरुद्ध नाकामा सचेतिकरण कार्यक्रम
  • न्युज मानसराेवर

बाँके\ बाँकेको जमुनाहा नाकामा मानव बेचविखन तथा ओसारपसार विरुद्ध सोमवार सचेतिकरण कार्यक्रम गरिएको छ ।

शान्ति पुनःस्थापना गृह र इप्रका जमुनाहाको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनःस्थापना गृहका बाँके संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीले २१ औं सताब्दीमा मानिसले मानिसलाई बेच्ने कार्य निकै निकृष्ट भएको बताए । उनले सीमा नाकाबाट हुने मानव तस्करी रोक्नका लागि सबै एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले मानव बेचविखन र ओसारपसार विरुद्धको अभियानलाई सफल पार्न सबैको भूमिका जरुरी रहेको बताइन् । उनले सबैले यो मुद्दालाई प्राथमिकता दिनुपर्ने बताइन् ।

बाँकेको जमुनाहा नाका मानव बेचविखन तथा ओसारपसारका लागि प्रयोग हुँदै आएको छ । तस्कर तथा दलालहरुले विभिन्न प्रलोभनमा पारेर यो नाकाबाट मानव बेचविखन गर्ने गरेकाले सबै सजक र सतर्क हुनुपर्नेमा सम्वद्ध सरोकारवालाहरुको जोड थियो ।

  • २९ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech