बैजनाथ।बैजनाथ गाउँपालिका वडा न ६ मा १६ दिने लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले हिंसाका प्रकार र कानूनी उपचारका बारेमा सहजीकरण गरेका थिए ।यसै गरी कार्यक्रममा महिला तथा बालकालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले कार्यक्रमको औचित्य माथी प्रकाशन गरेकी थिइन।
कार्यक्रममा स्थानीय महिला समुहहरुको बाग्लो सहभागिता रहेको थियो ।
कार्यक्रमम बैजनाथ गाउँपाकिला उपाध्यक्ष शारदा रेग्मी विकले समतामुलक समाज निमार्ण गर्नाका लागि कसैलाई विभेद गर्न नहुने र यही कही कतै विभेद भएको छ भने त्यसको प्रतिवाद गर्न सधै अग्रसर हुन आवश्यक रहेको बताइन।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख गुमान बहादुर दमाई लगाएले आ आफ्नो धारणा राखेका थिए ।
लैङ्गिक हिंसा विरुद्ध अभियान अब वडा न ७, ८ मा संचालन गर्ने तयारी रहेको ज्ञवालीले जानकारी गराईन।
बैजनाथ गाउँपालिकाले २४ गते सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गर्ने छ ।