१ जेष्ठ २०८२, बुधबार

सीमावर्ती वासिन्दाको समस्या बुझ्दै बाँकेका प्रहरी प्रशासन
  • न्युज मानसराेवर

बाँके\ बाँकेको प्रहरी प्रशासनले नेपाल र भारतका सीमावर्ती क्षेत्रका स्थानीयसँग भेटेर उनीहरुको समस्या बुझेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायत सुरक्षा प्रमुखहरु नेपाल भारत सीमामै पुगेर जनताका समस्याबारे बुझेका हुन् ।

नेपाल भारत सीमा जोडिएका जिल्लाका सुरक्षाकर्मीबीचको इन्डो नेपाल समन्वय बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न उनीहरुले जनताका समस्याका बारेमा चासो राखेका हुन् ।

पहिलो चरणको समन्वय बैठकलगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्रको स्थलगत अवस्था अध्ययन शुरु गरेका हुन् ।

छिट्टै हुने दोस्रो बैठकमा सीमा र सीमावर्ती क्षेत्रका बासिन्दाको अवस्थाका बारेमा छलफल गर्ने तयारीस्वरुप प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको टोलीले बाँकेको पूर्वी सीमा सुइया र घोडदौडिया लगायतको क्षेत्रको वस्तुस्थिति बुझेको हो ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech