काठमाडौँ\ रासायनिक मल डीएपी खरिदमा एक अर्ब ५३ लाख २२ हजार ४०६ रूपैयाँ भ्रष्टाचार भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरू र आपूर्तिकर्ता समेतको मिलेमतोमा गुणस्तरहीन मल खरिद गरी आपूर्ति गरेको भन्दै आइतवार विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुस्कर दीप बुढासमेतले कृषि सामग्री कम्पनी लिमिटेडलाई हानि नोक्सानी र आफू समेतलाई गैरकानूनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।