बाँके । नरैनापुर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछ सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
संक्रमित भएका सबै कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । अधिकृत बस्नेतले कम्तीमा चार दिन संक्रमित कर्मचारीहरुको अवस्था हेर्ने र सामान्य अवस्था भएपछि सीमित सेवा सुरु गर्ने तयारीमा रहेको जानकारी गराएका छन।